• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सभासद (व्यङ्ग्य)


  •   बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित
  • ईरानराई ..
    उमेरअनुसार रसनाको स्वाद फरक, मौसमअनुसार अनुहारको रङ फरक भने झैँ प्रारम्भमा मेरो राजनीति समाज सुधार र देशको उन्नतिका खातिर थियो; अर्थात्, राजनीतिमा मेरो प्रवेश नै चामत्कारिक रूपमा छलाङ मार्ने सामाजिक उन्नति र प्राकृतिक अस्त्र, बज्र तथा कृत्रिम शस्त्र अणुबमले पनि छिटो बिगार्न नसक्ने देशप्रेम थियो । पार्टीमा सौहार्द, मिलनसारिता, सम्मान, सहमति, सहकार्य, समयको महत्त्व र फलामे अनुशासनको अनिवार्य पालना थियो । मुन्टाले टेकेर पनि, मृत्युलाई स्वीकार गरेर पनि पार्टीको काम फत्ते गरिन्थ्यो, गर्थें ।
    तर समय छिप्पिँदै गयो; अर्थात्, मेरा छेपारीमा पनि राजनीतिक मासु लाग्दै गयो । सँगैको सहकर्मीलाई लुब्धो र गोठालो देख्दै गएँ । जति नै मित्र भए पनि योग्यजति सबै प्रतिद्वन्द्वी र तिघ्रेजति सबै सुरक्षाकर्मी ठान्न थालेँ । प्रतिस्पर्धा बढ्यो; निडरताका साथ भिडेँ र सफल बन्दै पनि आइयो ।

    Advertisement

    इमान, जमान, श्रम र समाज परिवर्तनको उत्कट चाहना भत्किँदै–भत्किँदै धुलिया लागेर धुलो हुँदै मबाट स्खलित भएर जान थाल्यो । मेरा सोच साँचो (तालाचाबी) र दृष्टिकोण दृष्टि (लाभहानी देख्न सक्ने विशेष खुबी) मा परिवर्तित भएपछि म पनि कार्यकर्ताबाट पदोन्नति भएँ र नेताको बिल्ला भिरेर गजक्क परेँ ।

    त्यसको तात्कालिक असर पर्यो । सहयोद्धालाई कार्यकर्ता, कार्यकर्तालाई जनता र जनतालाई मतदाता र मतदातालाई खरिदबिक्रीको दलपालुवा (घरपालुवाजस्तै शब्द) जीव देख्न थालेँ । खरिदबिक्रीका माने निर्वाचनमा जित्नका लागि विपक्षका मतदातालाई खरिद गर्न सकिने र प्रमुख विपक्ष सत्रुलाई हराउन मोटो रकम लिएर आफ्ना मतदातालाई माहिलो–साहिँलो विपक्षीलाई बेच्न सकिने भएकाले मतदातालाई विनिमयको वस्तु ठान्न थालेँ ।

    भट्टी धाउने खुट्टा, छाडा बोल्ने मुख, सुरा र सेकुवाको स्वादे जिब्रो, सुन्दरी नियाल्ने आँखा, षड्यन्त्र रच्ने दिमाग, ईष्र्या र शङ्काको भण्डार मन, गाली र धम्की सुन्ने कान, कालो नोट गन्ने र फोहोर काम गर्ने हातको बाहुल्य र रजाइँ भए पनि मेरो शरीरमा कुनै कुनामा सुषुप्त रूपमा मानवीय चेत रहेछ । त्यो चेत हड्डीको फस्फोरसमा अक्सिजन पर्दा राँकेभूत जन्मिए जसरी कहिलेकाहिँ निमेषभरका निम्ति जागृत हुन्छ । त्यो बेला पार्टीमा मभन्दा अरू कोही नेता ज्येष्ठ र सक्षम छन् भन्ने ज्ञान क्यामेराको लेन्स–लिडजस्तो पिलिक्क उघ्रन्छ र झ्याप्पै बन्द हुन्छ । लेन्स उघ्रिएको घडी परपरसम्मका धेरै चिजहरू देख्छु तर लेन्स बन्द भएपछि केही कोही देख्दिनँ, केवल आफूलाई देख्छु ।

    तेस्रो संविधान सभाको निर्वाचनमा आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलौँ र त्यसको नयाँ–नौलो सुहाउँदो नाम द्वन्द्वपीडित बालबालिका राखौँजस्तो लाग्छ । नयाँ पार्टी खोल्दा वर्तमान पार्टीको प्रमुख विपक्षी पार्टीले पनि खर्च दिने, विशिष्ट र विकासे मुद्दा उठाएपछि गैर सरकारी संस्थालाई झैँ दातृनिकायबाट अनुदान पनि पाइने, चन्दा पनि सङ्कलन गर्न सकिने, सके प्रत्यक्षमा चुनाव लडेर जित्ने, नसक्ने अवस्था देखिए प्रत्यक्षमा सबै लाहुरे, दाउरे, चाउरे भदौरे, कात्तिके, चैते, नायक–नायिका, खलनायक–खलनायिका, जोकर, नोकर, लयर, सिङ्गर, प्लेयर, मोडल, पुलिङ्गी, स्त्रीलिङ्गी, समलिङ्गी, तेस्रो लिङ्गी, उभयलिङ्गी र भिरिङ्गी आदिलाई गोप्य पार्टी सहयोग लिएर उठाइदिने । आफू र आफ्ना श्रीमती, छोराछोरी, जेठान, साढु, सालासाली, मितमितिनी र आसेपासेलाई समानुपातिकको सूचीमा राख्ने—कसो एक सिट नजितिएला त गाँठे ! निर्वाचनपछि प्रत्यक्षहरू घरमै भोटको समीक्षा गर्दै बसुन्, त्यो एक सिटमा आफ्नो नाम सर्वसम्मतिले पारित गरौँला ।

    पहिलो संविधान सभामा आफ्नो साङ्गठनिक उमेर नै पुगेको थिएन, उम्मेदवारी दिने । दोस्रो संविधान सभा निर्वाचनमा अनेक तिकडम गरे पनि उम्मेदवारी पाइएन । पार्टीले मभन्दा वरिष्ठ र लोकप्रिय नेतालाई उठाइदियो । त्यसैले चुनावमा कम खटियो । घरवरपर प्रचारमा हिँडे पनि आफ्नो उम्मेदवारका विपक्षमा निकटतम् प्रतिद्वन्द्वीका पक्षमा अति नै गोप्य रूपमा गोप्य मत मागियो र अन्तर्घात गरेरै भए पनि मेरो उम्मेदवारी खोस्नेलाई पुर्लुक्कै लडाएर हराउनुमा विजय प्राप्त गरियो ।

    तर जति नै चलाखीपूर्ण सुटुक्क विपक्षीका निम्ति मत मागे पनि भित्ताका पनि कान हुन्छन् भने झैँ पार्टीले मेरा कर्तुत फेला पारेछ । तसर्थ तेस्रो संविधान सभाको निर्वाचनमा मैले यही पार्टीबाट उम्मेदवारीको टिकटभन्दा कारबाहीको सम्मानपत्र भेट्ने लगभग सुनिश्चित भएपछि त्यो कारबाहीको खोटो अनुहार लिएर लुसुक्क अर्को पार्टीमा लुक्नुभन्दा बेलैमा ददबलका साथ नाराजुलुस र सभा गर्दै नयाँ पार्टी स्थापना गर्नु बढी श्रेयस्कर ठानेँ । दल पनि बढ्ने, मल (खान्तेपिन्ते) पनि बढ्ने । तर यी सबै कुरा मेरो सपना र कल्पनामा खेलेका थिए, तीन महिनाअघि । यथार्थमा म अहिले प्रत्यक्ष निर्वाचित सभासद ।

    मैले कसरी टिकट पाएँ ? केही लेखौँ, ताकि तपाईं पाठकहरूलाई पनि मौकामा काम लागोस् ।

    पार्टीमा टिकट पाउने मेरा छ जना प्रतिस्पर्धी थिए । सर्वप्रथम ती प्रतिस्पर्धीको कमजोरीको विवरण उतारेँ र कार्यान्वयनमा अहोरात्र जुटेँ । पहिलो प्रतिस्पर्धीलाई मेरो क्षेत्रको ठुलो जनसरोकारवाला संस्थाको मुख्य पदमा चार महिनाअघि सम्पन्न चुनावमा उचालेर उठाइदिएँ । राम्रै खर्च गर्यो, तर गुरुयोजनाअन्तर्गत हराइदिएँ मैले नै । मेरा सारा आफन्तलाई आदेश दिएर विपक्षमा मत हाल्न लगाएँ । झिनो मतान्तरले पराजित भयो । मोटो खर्च, असिन–पसिनको खटाइ र मत अनुमान अघि रहेको तथ्याङ्क भएर पनि पराजित भएपछि बिचरो मर्नु न बाँच्नुको अवस्थामा झोक्राइरहेको छ । घरि घरि बहुलाउँछ रे ! जे होस्, भेट्दा बोल्दैन, तर मुसुक्क मुस्कुराउँछ ।

    दोस्रोलाई अनेक आसाभरोसासाथ दुई महिनाअघि विदेश पठाउन सफल भएँ । युवा अनि लोकप्रिय, तर आर्थिक स्थिति कमजोर । उसका ससुराली, बाआमा र विशेष गरी उसकी श्रीमतीलाई उचाल्दा उचाल्दा बल्ल ऊ केही कमाएपछि फेरि राजनीतिमै लाग्ने/लगाउने सर्तमा विदेश हान्नियो । उसकी बाह्मणीको होस्टेमा हैँसे गर्न मात्र मेरो लगभग बिस हजारभन्दा बढी खेर गयो । मेरी प्रियतमालाई दिनहुँजस्तो कहिले फलफूल, कहिले दाल–तरकारी, कहिले चामल, कहिले चिप्लो साडी, कहिले सुतीको कुर्ता–सलबार, कहिले सस्ता गहना उपहार पठायो, अनि कहिले सिनेमा हेर्न, कहिले मठमन्दिर त कहिले सहरबजार सँगै लग्यो । त्यसरी उसकी मुटुलाई पकाएपछि उसलाई मैले तर्साउनसम्म तर्साएँ । फलानो दलको फलानो उम्मेदवारले यति लाख, अर्काले यति लाख, अर्को दलले यति लाख खर्च गर्छन् । कार्यकर्ता कुदाउनुपर्छ; अर्थात्, खानपिन, मासुभात, बियर, सेकुवा, पेट्रोल–डिजल, चुरोटखैनीले भरिपूर्ण गराउनुपर्छ । अझ पर्चापोस्टर छाप्नुपर्छ, टाँस्नुपर्छ । घटीमा बिस लाख त लाग्छ भनेको बबुरो देहातको ठाउँमा दश कट्ठा जमिन, त्यसैमा टिनको छानो भएको माटाले लिपेको काठको दुई तल्ले घर, एउटा दुहुनो भैँसी, चारपाँच वटा बाख्रापाठा च्यापेका साथी झन्डै बेहोस भयो । उसलाई विदेश जाने खर्च मैले नै हालिलिएँ, कमाएपछि दोब्बर फर्काउनुपर्ने कागज गरेर ।

    चौथो अधबैँसे थियो, अलिक बढी ऐना हेथ्र्यो । ऐना भन्नाले सिसाको र पत्तीको ऐना दुबै । पैसा, तागत र चर्चा अर्थात् ऊसँग धेरै थोक थिए । लामो मार्गचित्र कोरेँ जालको । अनि, सुन्दरी प्रतियोगितामा गएँ, छनौट चरणदेखि नै । धेरै सुन्दरी र सुन्दरसँग भेटघाट भयो, चिनजान गरियो । त्यस्तै अवस्थामा सुन्दरी कसरी बन्न सकिँदो रहेछ भन्ने प्रक्रिया र रहस्य बुझ्न आउने अप्रतियोगी सुन्दरीसँग पनि उठबस भयो । तिनैमध्ये एक चञ्चल युवतीलाई कानेखुसी गरेर ऊ (चौथो प्रतिस्पर्धा) सँग परिचय गराइदिएँ । त्यसपछि ती तरुणीले के के भनिन् ? के के गरिन् ? मेरो चौथो प्रतिस्पर्र्धी मित्र उम्मेदवारी दर्ताको ठिक अघिल्लो साता लागूऔष्ध र बलात्कार काण्डमा जेल पर्यो ।

    पाँचौँ प्रतिस्पर्धी भनेको पछिल्लो संविधान सभाको पराजित उम्मेदवार । पराजय पनि मैले नै गराएको । त्यो संविधान सभाले संविधान बनाउँदैन भन्ने मलाई थाह थियो । बनाए पनि संसदको निर्वाचनको बाटो खोल्ने क्रममा उसलाई जानी जानी, भनी भनी खुल्लम्खुल्ला हराएको थिए ।

    हामी एउटै पार्टीको भए पनि ऊ अर्को गुटको थियो । यसपालि पनि मेरो क्षेत्रमा त्यही गुटकाले र उसैले टिकट पाउने भएपछि मेरो सपना भङ्ग हुने भयो । छ वर्षदेखिको तपस्या र आकासमा जहाज चढेर संसार डुलेको कल्पना चकनाचुर हुने भयो । अर्कातिर, अघिल्लो चुनावमा पो विपक्षीबाट दक्षिणा लिएर हराएको थिएँ । यस पटक भने कसैले पनि केही नदिने सङ्केत दिएपछि खेत बेचेरै भए पनि उसलाई हराउनुपर्ने भयो । खेतै बेचेर आफ्नै दलको सहकर्मी, मेरो प्रतिस्पर्धीलाई हराउनुभन्दा जसरी पनि आफैले चुनाव लड्ने निधो गरेँ ।

    सबैभन्दा पहिला विपक्षी गुटको महानाइकेकोमा पुगेर आफूलाई पनि टिकट पक्का हुनुपर्ने र गुटलाई पनि आफूले कहिल्यै धोका नदिने बाचा गरी गुट फेरेँ । टिकट लिएर आएँ । टिकट लिएर त आएँ, तर मेरो पाँचौँ प्रतिस्पर्धी मलाई जसरी पनि हराउन पार्टी परित्याग गरी अर्को पार्टीबाट उम्मेदवार बन्यो । ऊ पार्टीबाट बाहिरिएकोमा त खुसी नै भएँ तर उसको उम्मेदवारी निकै भारी भयो । उसले पार्टी नै छोड्ला र अर्को पार्टीको उम्मेदवारी पनि ल्याउला भन्ने कल्पना गरेको थिइनँ । घुक्र्याउला, निष्क्रिय बस्ला भन्नेसम्म सोचेको थिएँ । तर पनि हिम्मत हारिनँ ।

    छैटौँ तथा अन्तिम प्रतिस्पर्धी युवा अर्थात् एक युवती । केटीभन्दा ठुली, तर आइमाईभन्दा कान्छी, ठिक्ककी अविवाहिता । सबैभन्दा बढी मतदाता भएकी गाविस (हाल गाउँपालिकाजस्तै) की, अर्कै समुदायकी, मभन्दा बढी पढेलेखेकी, प्रखर वक्ता, सम्पत्ति भएकी, हट्टाकट्टा, स्वस्थ, रूपवती । तिनलाई सिधै पछार्ने आँट गरिनँ । एक त विपरीत लिङ्गी, दोस्रो युवा । तर तिनलाई टिकट नै पाउँछु भन्ने भेउ थिएन । त्यही गुँढमा हिर्काएँ भ्वाक्कै ।

    माने, गुटको महानाइकेकोमा तिनलाई पनि मेरै खर्चले पु¥याएँ र ३३५ जना समानुपातिक उम्मेदवारको नामावलीमा उनको नाम पार्ने पक्का गराएँ । तिनी त फुरुङ्गै भइन् । अनावश्यक कामका लागि धेरै खर्च गरेँ कि भनेर झस्किएँ पनि । टेलिफोनबाट महानाइकेलाई निर्वाचन आयोगमा दर्ता गर्दा तिनको नाम हटाउँदा पनि हुन्छ भनेको थिएँ । महानाइके त तिनको सुन्दरता र क्षमतामा लोभिए कि क्या हो, उल्टै झपारे, “उनीसँग मेरोचाहिँ सम्बन्ध हुनुपर्दैन ? ३३५ मा पर्छे, तर सभासद हुँदिन, बुझ्यौ ।”

    अहिले पनि ती नेत्री मेरो निकट छिन् । चुनावमा तिनी भाम खटिन्, मभन्दा धेरै । मेरो विजयको एकचौथाइ जस तिनको रूप, उमेर र खटाइलाई नै जान्छ । तिनलाई मेरो निजी सचिव बनाउने चाँजोपाँजो मिलाउँदै छु ।

    यसरी आधा दर्जन आन्तरिक प्रतिस्पर्धी र अढाइ दर्जन बाह्य प्र्रतिस्पर्धीलाई पछारेर सभासद त भइयो, तर होस ठिकमा छैन । यही सभासद बन्नका लागि धानखेत बेचियो; जिल्लाको घडेरी बेचियो; श्रीमतीको गरगहना बेचियो; साथीभाइ र ससुरालीबाट ऋण काढियो । अहिले दिनभर जुलुस र रातभरि डायरी र क्याल्कुलेटरमा हुन्छु ।

    पटकौँपटक हिसाब गरिसकेँ, तर पटक्कै हिसाब मिल्दैन । सभासदले पाउने मासिक साठी हजार रुपियाँले दैनिक खर्च पु¥याउनै चर्को ! खान, बस्न, कुद्न र कार्यकर्ता पाल्दै न्यूनतम पैतिस–चालिस हजार सकिन्छ । मासिक बिस हजार बचतले वार्षिक दुई लाख चालिस हजार, पाँच वर्षको बाह्र लाख । सांसद विकास कोषबाट वार्षिक दुई लाख लुकाए पनि दश लाख । विकास–निर्माण बजेटको कमिसनबाट वार्षिक पाँच लाख, पाँच वर्षमा पच्चिस लाख । मनसुनबाट वार्षिक तीन लाखले पन्ध्र लाख । जम्माजम्मी त्यही साठी/बैसठ्टी लाख । अझै दश लाख पुग्दैन । मन्त्री बन्न पाए त दुईचार करोड कमाइन्थ्यो होला । तर मन्त्री बन्न सकिँदैन; योग्यता छैन, क्षमता छैन, तान्ने–बनाउने नेतृत्व र साङ्गठनिक भ¥याङ पनि छैन ।

    हिजोआज निदाउनुभन्दा अघि हरेक रात म सोच्छु, यत्रो जालझेल, खेलखर्च गरेर सबभन्दा पछिल्लो अँध्यारो कुनामा बसेर ताली बजाउने सभासद बन्नुभन्दा त्यो मिहिनत र पुँजी लगानी गरेर उद्योग–व्यवसाय गरेको भए मेरो परिवारको, संविधानको र देशको भविष्य कता जान्थ्यो होला ? कहाँ पुग्थ्यो होला ? कति उज्यालिन्थ्यो होला ।

    (कट्टु व्यङ्ग्य निबन्ध सङ्ग्रहबाट)

    बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.