काठमाडौं । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको एक सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा तस्बिर चर्चामा छ । जसमा भारतको कोरोना संकटको खिसी गरिएको थियो । यो पोष्ट आलोचना र विवाद पछि हटाइएको बीबीसीले जनाएको छ ।
Advertisement
सोशल मिडिया साइट वेइबोमा पोष्ट गरिएको यो पोष्टमा एक तर्फ चिनियाँ रकेट उडिरहेको र अर्कोतिर भारतमा शवहरु जलाएको चित्र देखाइएको थियो ।
यो तस्वीरको साथ लेखिएको थियो, ‘चीनमा लगाइएको आगो भर्सेज भारतमा लगाइएको आगो ।’
यसमा चीनको नयाँ अन्तरिक्ष अभियानको तस्वीर राखिएको थियो । २९ अप्रिलमा, चीनले आफ्नो स्थायी अन्तरिक्ष स्टेशन बनाउन महत्त्वपूर्ण कदम बढाउँदै एक मोड्युललाई अन्तरिक्षमा पठाएको थियो।
यो पोस्ट शनिबार दिउँसो राखिएको थियो र अब यो मेटाइएको छ । तर यसको स्क्रीनशटहरू सेयर भइरहेको छ ।