काठमाडौं । बितेको २४ घण्टामा भारतमा तीन लाख ७० हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ । यसबीचमा भारतमा ३४ सय २२ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका बीबीसी हिन्दीले जनाएको छ ।
भारतमा कोरोना भाइरसबाट अहिलेसम्म एक करोड ९९ लाख १९ हजार भन्दा धेरैमा संक्रमित भएका त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख १८ हजार ९ सय ४५ पुगेको छ ।
पछिल्लो समय कोरोना संक्रमणको कारण भारत विश्वमै सबैभन्दा धेरै प्रभावित छ । संक्रमण र मृत्युदर अनियन्त्रित बन्दै जाँदा भारतको स्वास्थ्य प्रणाली नै असफल हुने अवस्था सिर्जना भएको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ७८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा आधा भन्दा बढी भारतीय नै छन् । यसबीचमा विश्वभर ९ हजार ९ सय ९० जनाले कोरोना संत्रमणको कारण ज्यान गुमाएका छन् ।