• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाल सुपर लिग : काठमाडौं रेजर्स र पोखरा थन्डर्स गोलरहित बराबरी

  •   शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित
  • काठमाडौं । काठमाडौं रेजर्स र पोखरा थन्डर्सले राजधानीमा जारी नेपाल सुपर लिगमा आज गोल रहित बराबरी खेलेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले राम्रा अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् ।

    Advertisement

    बराबरी खेलेका दुबै टोलीले एक एक अंक बाँडेका छन् । दुबै टोली तीन खेलबाट चार अंक बनाएका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पोखरा थन्डर्सले पहिलो हाफमा दबाब दिएर खेलेको थियो ।

    यद्यपि काठमाडौं काउन्टर एट्याक गर्ने प्रयास गरे पनि पोखरोको रक्षापंक्तिलाई चिर्न सकेन । दोस्रो हाफमा फरक रणनीतिका साथ खेल देखाएको काठमाडौंका धेरै प्रयास खेर गएका थिए । स्पष्ट जितको लक्ष्यका साथ मैदान उत्रिएका दुबै टोलीले आक्रमक सुरुआत गरेका थिए ।

    तेस्रो मिनेटमा काठमाडौंका स्टेफन बियोङले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बल गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो । पोखराका मौसा अब्बाले छैठौं मिनेटमा सुनौलो अवसर गुमाए । पेनाल्टी क्षेत्रबाट गरेको फितलो प्रहार काठमाडौं रेजर्सका कप्तान तथा गोलकिपर विकेश कुथुले सहजै नियन्त्रणमा लिएका थिए ।

    दोस्रो हाफको अन्तिम तिर पोखराले काउन्टर गर्दै स्पष्ट जित निकाल्न प्रयास गरे पनि सफल हुन सकेन । खेलको इन्जुरी समयमा पोखराका प्रविन स्याङतान हेडरमार्फत गोल गरेपनि रेफ्रिले अफसाइडको संकेत दिएका थिए ।

    खेलमा पोखराका पदम मोक्तान प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

    यससँगै काठमाडौ रेजर्स र पोखरा थन्डर्सले जारी लिगमा पहिलो बराबरी खेलेका छन । यस अघिका खेलमा दुवैले एक खेल गुमाउँदा एक खेलमा नतिजा निकालेका थिए । प्रतियोगितामा शनिबार दुई खेल हुनेछन् । पहिलो खेल धनगढी फुटबल क्लब र एफसी चितवन तथा दोस्रो खेल बुटवल लुम्बिनी र विराटनगर सिटी फुटबल क्लबबीच खेल हुनेछ ।

    शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.