टेकराज भुसाल/सन्धिखर्क ।
अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घले ढाकावाङ प्रहरीचौकीलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।
Advertisement
भूमिकास्थान नगरपालिका वडा नम्बर १ पिपलनेटामा रहेको प्रहरीचौकीलाई ब्याडमिन्टन र भलिबल खेलका खेलकुद सामग्री महासङ्घले हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घका केन्द्रीय संयोजक पृथ्वी थापा, अखिल (छैठौं) का नेता टेकराज भुसाल र भूमिकास्थान नगरपालिका २ नम्बर वडाका वडाध्यक्ष बुद्धिबहादुर थापाले ढाकावाङ प्रहरी चौकीका इन्चार्ज गणेश गिरीलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको हो ।