काठमाडौं । दोभाने खोला माछाहरुको राज्य थियो । कुनै बेला त्यो राज्यमा एउटा माछाको अनौठो भुरा जन्मियो । त्यो भुराको टाउको ठूलो थियो । हेर्दा चेपागाँडाजस्तो देखिन्थ्यो । उसको जिउ अरु माछाहरु जस्तो सलक्क परेको नभई भद्दा थियो ।
Advertisement
अनौठो देखेपछि केही समय उसकी आमाले उसलाई लुकाएर राखिन् । राजाले पनि उनलाई देशनिकाला गरे । तर ठूलो भएपछि ऊ दोभाने खोलाका शत्रुसेनाको विरुद्ध उभिन्छ ।
यो लडाकु माछाको कथा हो कथालयले प्रकाशनमा ल्याएको हो । कथा बालबालिकामा साहस, समाजमा पारस्परिक सम्बन्धको बोध र अरुप्रति सम्मान भाव जगाउन उपयोगी छ ।