काठमाडौं । बुटवलको जीतगढीमा नेपाली सेनाले ब्रिटिस सैनिकलाई हराएको ऐतिहासिक दिनको स्मरण गरिएको छ । ऐतिहासिक स्थल बुटवलको जीतगढी किल्लामा आज विजयी उत्सव दिवस मनाइएको हो ।
Advertisement
विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अंग्रेजलाई पराजित गरेको थियो । विगतमा वर्षमा भव्य रुपमा दिवसलाई मनाउने गरिएपनि आज भने कोरोना कारणले स्वास्थ्य मापदण्ड अपनाएर मनाइएको हो ।
विजय उत्सव दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले आज सम्पदा स्थलमा कार्यक्रमको आयोजना गर्दै कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गरिएको छ ।

जीतगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरि बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरेको छ । किल्लालाई संरक्षण गर्दै पर्यटनको केन्द्र बनाउने गुरुयोजनाअनुरुप उपमहानगरले अहिले धमाधम काम गरिरहेको छ ।