काठमाडौं । नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय समितिको सपथग्रहण आइतबार हुने भएको छ । महासंघले वैशाख ५ गते (आइतबार) दिउँसो १ बजे महासंघको सभाहल, सञ्चारग्राम, काठमाडौंमा सपथग्रहण हुने जनाएको छ ।
Advertisement
समारोहमा सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहनेछ । महासंघको २६औं महाधिवेशन अन्तर्गत गत २०७७ चैत्र २५ गते केन्द्र, प्रदेश र जिल्ला तहमा एकसाथ निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा विपुल पोखरेल नेतृत्वको गठबन्धनले विजय हासिल गरेको हो।