• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ओलीलाई बोकेर हिँड्नेहरुलाई काँध थाप्न सकिँदैनः केसी


  •   शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमनत्री केपी ओलीलाई बोक्नेहरुलाई काँध थाप्न नसकिने बताउनुभएको छ । गण्डकी प्रदेश सरकारलाई आफ्नो पार्टीले दिएको समर्थन फिर्ता लिएको चर्चा गर्दै केसीले ओलीलाई बोक्नेहरुलाई आफूहरुले समर्थन दिन नसक्ने स्पष्ट पार्नुभएको हो ।

    Advertisement

    शुक्रबार बुटवलमा अखिल नेपाल जनजाति सम्मेलन लुम्बिनी प्रदेश समिति र जातीय समता समाज लुम्बिनी प्रदेश समितिको ३४औँ संयुक्त स्थापना दिवस कार्यक्रममा अध्यक्ष केसीले ओलीको कदम एक पछि अर्को झन् झन् गणतन्त्र विरोधी, राष्ट्रको हित विपरीत, तानाशाही र स्वेच्छाचारी हुन थालेको बताउनुभयो ।

    आफ्नै काँध गन्हाएपछि अब ओलीलाई अगाडि बोकेर जान नसकिने उहाँको भनाई थियो । वामपन्थी एकता छाडेर नेका समेतको गठबन्धन तिर लागेको आरोप लगाउने हरूले ओली सरकारले मात्र हैन उनका मुख्यमन्त्रीहरूले पनि ओलीका प्रत्येक गलत कदमलाई साथ दिएको र कहिल्यै पनि राष्ट्रियता र गणतन्त्रको रक्षा तथा भ्रष्टाचार रोक्न राम्रो सल्लाह दिनुको सट्टा सरकारका सबै कार्यमा सहयात्री बनेको बताउनुभयो ।

    अब पनि देश र गणतन्त्र लाई धरापमा राख्नेहरूलाई प्रदेशमा समर्थन गर्न नसकिने उहाँको भनाई थियो । यसको विकल्पमा आउने सरकार सकारात्मक नै हुने छ भन्ने दावा गर्न नसकिए पनि ओलीको प्रत्येक कदम प्रतिगामी दिशामा लक्षित भएको भन्दै देश र जनतालाई दुर्घटनामा लैजाने प्रयत्न रोक्नुको विकल्प नभएको बताउनुभयो ।

    जातीय विभेदले सुरूदेखि गाँजेको हाम्रो समाजलाई कम्युनिस्ट बनाउनु धेरै कठिन भएको इतिहास स्मरण गर्दै सुरुबाटै सिकेको ज्ञान कुनै न कुनै रूपमा आज पनि समाजमा निरन्तर काम लागेको छ भनी बताउनुभयो । तर क्षणिक सिकाईबाट नेता बन्ने हरूको महत्वाकांक्षाले कम्युनिस्ट आन्दोलन कमजोर भएको औँल्याउनुभयो ।

    ‘हाम्रो पार्टी सानो छ भन्नेहरूले अहिले आफ्नो स्वार्थ सिद्धी गर्न प्रदेशहरूमा हाम्रै भर परेको र हाम्रो समर्थनले आफ्ना ठेकेदार, माफिया आदी प्रयोग गरेर स्वार्थसिद्ध गर्न खोज्दैछन्’ केसीले भन्नुभयो, ‘आफूलाई कम्युनिस्ट भन्ने हरूको यो चर्तिकलाले देशको एकता, अखण्डता र सार्वभौमसत्तामा समेत गम्भीर संकट उत्पन्न गराएकोले अब पनि काँध थापेर जान सकिँदैन ।’

    बर्तमान गणतन्त्रले जनताका आधारभूत समस्या हल गर्दैन तैपनि यो स्थापना गर्न नेपाली जनताको झण्डै १०० वर्षको संघर्षको परिणाम हो ।राजावादीको साथ साथै ‘वामपन्थी’हरूबाट पनि यो गणतन्त्रमाथि लगातार हमला भैरहेको उहाँले बताउनुभयो ।

    ‘यो गणतन्त्र केहिपनि होइन भन्नेहरूले हिजो पञ्ञ्चायती ब्यवस्थामा कसरी जनताका आवाज उठाउँदा दुःखदिने, सताउने, मार्ने गरेको सम्झना हुनुपर्छ’ उहाँले भन्नुभयो, ‘आज गणतन्त्रको विरूद्ध बोल्नेहरूले यो ब्यवस्था समाप्त भए कस्तो ब्यवस्था आँउछ? हेक्का राख्न जरुरी छ ।’

    आजको युवा पिढी राजनीतिबाट विमुख हुनु समाजको लागि दूर्भाग्य हो भन्दै उहाँले आफूहरु डाँडाको जून जस्तै भएको र अबको आशाको किरण युवाहरू भएकोले जिम्मेवारी बोध गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो।

    कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य सरोजमान सिंह, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य हरि योगी, अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डीराज शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय कार्यवहाक महासचिव उषा पुन, जातीय समता समाजका केन्द्रीय अध्यक्ष राजेश विकले स्थापना दिवसको इतिहास र महत्त्व वारे प्रकाश पार्नु भएको थियोे ।

    त्यस्तै, राजमो केन्द्रीय परिषद सदस्य शुरेश थापा, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसी, राजमोका केन्द्रीय सदस्य ईन्दीरा ज्ञावली,  नारायण जिसी, लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश गौतम, जातीय समता समाजका पूर्व केन्द्रीय अध्यक्ष दसल बहादुर विक, जनप्रतिनिधि दिल प्रसाद नेपालीको पनि आतिथ्यता रहेको थियोे ।

    टिका विकको अध्यक्षता,शेरबहादुर सुर्यवंशीको स्वागत तथा रेशम गुरुङ्गको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.