काठमाडौं । पछिल्लो समयमा भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । भारतभर पछिल्लो २४ घण्टामा एक लाख बढी संक्रमित थपिएका छन् ।
Advertisement
कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा कर्फ्यू र लकडाउनको घोषणा गरिएको छ । रातको समयमा कर्फ्यू लगाइने भएको छ । राति ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू लागू हुनेछ । नागरिकलाई घरबाहिर ननिस्किन भनिएको छ ।
शुक्रवार राति आठ बजेदेखि पूर्णरूपमा लकडाउन लागू हुनेछ । जुन सोमवार बिहान सात बजेसम्म कायम रहनेछ । लकडाउनका बेला पनि अत्यावश्यक सेवामात्र सञ्चालन हुनेछन् ।
महाराष्ट्रमा मात्रै हिजो ५७ हजारभन्दा बढी कोरोनाका सङ्क्रमित थपिएका थिए ।
भारतमा अहिलेसम्म एक लाख ६५ हजारले ज्यान गुमाएका छन् । अहिलेसम्म संक्रमित पुष्टि हुनेको संख्या १ करोड २५ लाखभन्दा बढी छ ।