काठमाडौं । चैत्र २८ गते दशरथ रंगशालामा ‘कोभिड कप फुटबल–२०२१’ आयोजना हुने भएको छ । ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो ।
Advertisement
जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमको बारेमा जानकारी गराएको हो । खेलमा चलचित्र कलाकारहरु, हास्य कलाकार, लोक तथा आधुनिक गायक, वैंक तथा वित्तिय परिसंघ, सहकारी अभियान लायन्स क्लवका व्यक्तिहरु, राष्ट्रिय निजि तथा आवासीय विद्यालय लगायतको सहभागिता हुने बताइएको छ ।
७ वटा खेलमा १० वटा टोली रहने र कोभिड–१९ बाट बच्नको लागि सामाजिक दूरी पनि कायम गरिने जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले बताउनुभयो । खेलको सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ ।