• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विष्णुबहादुर मानन्धर कम्युनिष्ट आन्दोलनका अथक यात्री : मसाल


  •   मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले मंगलबार शोक वक्तव्य प्रकाशित गरी दिवंगत नेता मानन्धरप्रति श्रद्धञ्जली अर्पण गर्नुभएको छ ।

    Advertisement

    ९१ वर्षीय मानन्धरको सोमबार साँझ उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको थियो । शोक वक्तव्यमा महामन्त्री सिंहले नेता मानन्धरको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

    यस्तो छ शोक वक्तव्य
    ‘का. विष्णुबहादुर मानन्धरको २०७७ चैत्र १६ गते साँझ मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गम्भीर दुःख व्यक्त गर्दछौँ र सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।

    का. मानन्धर नेपाली कम्युनिस्ट आन्दोलनको एक निरन्तर यात्री हुनुहुन्थ्यो । उहाँ कम्युनिस्ट आन्दोलनको बाटोबाट कहिल्यै पनि विचलित हुनुभएन । उहाँको सम्पूर्ण जीवन कम्युनिस्ट आन्दोलनभित्र नै व्यतित भयो ।

    कैयौँ व्यक्ति कम्युनिस्ट आन्दोलनबाट पतन भइरहेको अवस्थामा पनि उहाँ धैर्यतापूर्वक निरन्तर रूपमा कम्युनिस्ट आन्दोलनभित्र नै सक्रिय रहनुभयो । उहाँले व्यक्तिगत स्वार्थ, सत्तालाभ वा पदप्रतिष्ठाको लागि कतै कुनै सम्झौता गरेको पाइन्न ।

    नेपालको कम्युनिस्ट आन्दोलन विभिन्न कारणले विभाजित अवस्थामा रहेको छ । का. मानन्धर र हामी पनि सैद्धान्तिक वा राजनीतिक मतभेदका कारणले अलगअलग रहनुप-यो । यसका लागि सामाजिक संरचना, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति, तात्कालिक कार्यदिशा आदि सम्बन्धी हाम्रा दृष्टिकोण र धारणामा रहेको हाम्रो मतभिन्नता तथा त्यसका आधारमा निर्माण हुने हाम्रो कार्यव्यवहार लगायत विभिन्न कारणहरूले काम गरेका थिए । त्यस प्रकारको वस्तुगत परिस्थितिमा हाम्रा कार्यदिशा पनि अलगअलग बन्न गएका थिए ।

    तर त्यसका वावजुद पनि हामीले राजनीतिक अधिकार, राष्ट्रियता, जनजीविका लगायत कैयौँ राष्ट्रिय राजनीतिका महत्वपूर्ण प्रश्नमा कार्यगत एकता कायम गरेर विभिन्न समयमा विभिन्न सङ्घर्ष पनि सञ्चालन गरेका थियौँ ।

    कम्युनिस्ट आन्दोलनको प्रवाहमा रहेर विभिन्न सैद्धान्तिक तथा राजनीतिक वहस पनि भएका थिए । वहस, विवाद, कार्यगत एकता आदि प्रक्रियाबाट नै उहाँले नेपाली कम्युनिस्ट आन्दोलनमा रहेर आफ्नो जीवनको यात्रा पूरा गर्नुभएको थियो ।

    उहाँको मृत्युबाट नेपाली कम्युनिस्ट आन्दोलनले एक उच्च व्यक्तित्व गुमाउनका साथै आन्दोलनलाई गम्भीर क्षति पुग्न गएको छ । अन्तमा हामीले का. मानन्धरप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’

    मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.