टेकराज भुसाल,अर्घाखाँची ।
पिपलनेटा बजार व्यवस्थापन समितिको आयोजनामा भएको खुल्ला भलिबल खेलको अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पृथ्वी थापाले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको छ ।

खेलकुद संयोजक रामु नेपालीको अध्यक्षता, सदस्य विष्णु शर्माको सञ्चालन र सचिव बाबुराम खनालको स्वागत मन्तव्यमा सुरु भएको उद्घाटन समारोहमा भूमिकास्थान नगरपालिका नगर शिक्षा अधिकृत टुकलाल शर्मा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापा, भूमिकास्थान–१ का वडाध्यक्ष भोजराज खनाल, २ नं. का वडाध्यक्ष बुद्धिबहादुर थापा, ४ नं. का वडाध्यक्ष बाबुराम पन्थी, ६ नं. का वडाध्यक्ष झबिलाल बन्जाडेलगायतका स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थित रहेको थियो।

तीन दिनसम्म चल्ने भलिबल खेलमा जिल्लाभित्र तथा जिल्लाबाहिरका १८ वटा टिमको सहभागिताको रहेको उक्त प्रतियोगिताको विजेताले रु. ५१ हजार सिल्ड, मेडल र प्रमाणप्रत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः ३१ हजार र २१ हजार नगद सहित सिल्ड, मेडल र प्रमाणप्रत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।