टेकराज भुसाल, अर्घाखाँची ।
चैत १३ गते ढाकावांगमा हुन लागेको खुल्ला भलिबल प्रतियोगितालाई अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी थापा र भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन्।
चैत १३,१४ र १५ गते हुने उक्त प्रतियोगितालाई सभ्य, अनुशासित एवम् विवाद रहित बनाउनका लागि राष्ट्रिय रेफ्रि चित्रा गुरुङ र खुम गाउले ढाकावाङ्ग आउन लागेको समेत आयोजकले जनाएको छ।
जिल्लाभित्र तथा जिल्ला बाहिरका राष्ट्रिय भलिबल खेलाडि टिमहरूको सहभागिताको अपेक्षाका साथ सञ्चालन गरिने उक्त प्रतियोगिताको विजेताले जिल्लाकै सर्वाधिक पुरस्कार रू. ५१,००० (एकाउन्न हजार), शिल्ड, मेड्ल र प्रमाणप्रत्र प्राप्त गर्नेछ ।
साथै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः ३१,००० (एकतिस हजार) र २१,००० (एक्काईस हजार) शिल्ड, मेड्ल र प्रमाणप्रत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।