• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ओलीलाई नेपालको व्यंग्य : कस्ता कस्ता कहाँ गए, केपी ओली मेरो समुन्नेमा !


  •   मङ्गलबार, चैत १०, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधावकुमार नेपालले अध्यक्ष ओलीसँग आत्मसमर्पण नगर्ने बताउनुभएको छ । मंगलबार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ दिएर आत्मसमर्पण नगर्ने बताउनुभएको हो ।

    Advertisement

    उहाँले स्पष्टिकरणबाट आफूहरु नतर्सेको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘आज एकजनाले विनम्र भावले भन्दै हुनुहुन्थ्यो केपी ओलीसँग मिल्नका लागि के गर्नुप¥यो भने उहाँले जेजे कारबाही गर्नुहुन्छ सहेर भएपनि, पार्टीबाट निकालि दिनुहुन्छ भनेपनि पार्टीबाट निकालिएपनि चुप लागेर सहेर बसिदिनुहोस । के त्यही बाटोमा हामी जाने हो ? के घुँडा टेक्ने बाटोमा हामी जाने हो ? हामी के आत्मसमर्पणको बाटोमा जाने हो ? के केपी ओलीको टाङमुनी छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मन्जुर छैन । त्यसो हुनाले केपी ओलीको यो कथित स्पष्टिकरणबाट हामी तर्सिएका छैनौं । हामी आतंकित भएका छैनौं । त्यसको सामना गर्न तयार छौं ।’

    ओली पक्षले सोधेको स्पष्टिकरणबाट भागेर मैदान नछाडने र पार्टी नफुटाउने पनि नेता नेपालले बताउनुभयो । अध्यक्ष ओली पार्टी विभाजनको पक्षमा रहेपनि आफूले पार्टी नफुटाउने स्पष्ट पार्नुभयो ।
    उहाँले भन्नुभयो ‘मलाई एकजनाले भन्नुहुन्थ्यो स्टेजमा बस्दाखेरी अनुहार उज्यालो गर्नुहोस, अलि अँध्यारो अँध्यारो जस्तो भयो मुसुक्क हासिदिनुहोस, म हाँस्ने प्रयत्न गर्दैथिए । तपाईहरुमा अलिकता पनि नपरोस कि हामी तर्सेका छौं, केपी ओलीको स्पष्टिकरणबाट तर्सेका छैनौं । हामी मैदान छोडेर भाग्नेवाला छैनौं, पार्टी हामी फुटाउँदैनौं । पार्टी फुटाउने केपी होली हुन् । पार्टी फुटाउँछन भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौं । पार्टीलाई एकतावद्ध बनाउछौं ।’

    आफू कहिले अलमलमा र द्धिविधामा नपरेको पनि नेता नेपालले स्पष्ट पार्नुभएको छ । आफूले चुनौतिको सामना गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘कस्ता कस्ता कहाँ गए, केपी ओली मेरो समुन्नेमा ।’

    केपी ओलीको अहिलेको चुरिफुरी प्रधानमन्त्रीको कुर्चिमा बस्दासम्म मात्रै हुने पनि नेता नेपालले बताउनुभयो । नेता नेपालले नेकपा एमाले आफूहरुको भएको पनि बताउनुभयो । केपी ओली बि–माले, सि–माले भएकाले पार्टी छोडेर गए हुने टिप्पणी गर्नुभयो ।

    उहाँले भन्नुभयो ‘नेकपा एमाले हाम्रो हो । केपी ओलीको होइन । अब केपी ओलीले जालझेल गरेर कानूनी हिसाबले कब्जा गरे भने विचार गरौंला होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बि–माले हुन, सि–माले हुन उनी यो पार्टी छोडेर गए हुन्छ ।’

    केपी ओली र आफूहरुको बीचमा प्रवृति र विचारको लडाई भएको पनि नेता नेपालले बताउनुभयो । ओलीमा व्यक्तवादी प्रवृति रहेको र आफू जहिले सङ्गठनलाई केन्द्रमा राखेर सोच्ने गरेको बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘हाम्रो प्रवृति सामुहिकतावादी छ । आफूलाई व्यक्तिवादी, आफुलाई केन्द्रमा राखेर चल्ने प्रवृति केपी ओलीमा छ । हामीले सङ्गठनलाई केन्द्रविन्दुमा राखेर चल्ने कुरालाई प्रोत्साहित गर्दछौं । हामीमा त्यो सङ्गठनवादी प्रवृति रहेको छ ।’

    मङ्गलबार, चैत १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.