काठमाडौं । दैलेखको आठबीस नगरपालिका–३ मा चार छोराछोरीसहित आत्महत्या गर्ने सुकी बडुवालको पेटमा चार महिनाको गर्भ रहेको खुलेको छ । पोष्टमार्टम रिपोर्टले ३५ वर्षीया सुकीको पेटमा चार महिनाको गर्भ देखिएको प्रहरीले जनाएको छ ।
सुकीले गएको २३ फागुनमा चार छोराछोरीसहित कर्णाली नदीमा फाल हानेकी थिइन् । उनीहरु सबैको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । मृतक सबैको दैलेख जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।
प्रहरीका अनुसार गरिबी र पतिसँगको विवादको कारण सुकीले छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षकी रजनी र छोरा ८ वर्षीय छोरा ललितसँगै कर्णाली नदीमा हाम फालेकी थिइन् ।
सुकीका पति मानसिंहले सुकी परपुरुषसँग लागेको आरोप लगाउँदै आएका थिए । उनी हाल प्रहरी हिरासतमा छन् ।
यो पनि : ‘आमा र चार सन्तानको सामुहिक आत्महत्या गम्भीर सामाजिक अवस्थाको संकेत’