तिलक थापा, बागलुङ ।
आगामी चैत २० र २१ गते सम्पन्न हुन गईरहेको अखिल (छैठौं) बागलुङको २४ औं जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा अखिल (छैठौं) बागलुङले जिल्लाव्यापी रुपमा आफ्नो गतिबिधी तीव्र पारेको छ ।
Advertisement
यसै क्रममा बरेङ गाउँपालिका वडा नं २ हुग्दिशीरस्थित भृकुटी माविमा अखिल (छैठौं) को ईकाई प्रशिक्षण भेला मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा अखिल (छैठौं) बागलुङका सल्लाहकार मनिष कंडेल र जिल्ला सदस्य गणेश सापकोटाले प्रशिक्षण दिनु भएको थियो ।
भेलाले रोसन खत्रीको अध्यक्षतामा २३ सदस्यीय भृकुटी मावि इकाई समिति चयन गरेको छ । जसको उपाध्यक्षमा सपना खत्री, सचिवमा आस्मा गिरी, सह सचिवमा हेमराज ढकाल र कोषाध्यक्षमा मनिस थापा रहनु भएको छ भने अन्य सदस्य रहनु भएको छ ।