आदिस अबाबा । अफ्रिकी देशहरू कङ्गो र गुएनामा इबोलाका नयाँ सङ्क्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला केही दिनयता २८ जना व्यक्तिमा इबोलाको सङ्क्रमण भेटिएको बताइएको हो ।
Advertisement
अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले मङ्गलबार सो कुराको जानकारी दिएको हो । सो डिआरसीले दिएको रिपोर्टअनुसार यस प्रकोपबाट ११ जनाको निधन भएको छ ।
कङ्गोमा ११ जना इबोलाका विरामी भेटिएका छन् । तीमध्ये चार जनाको निधन भएको छ ।
त्यसैगरी गुएनामा १७ जनामा इबोलाको सङ्क्रमण भेटिएको थियो । त्यस्तै, गुएनामा सात जनाको निधन भएको थियो । सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला भाइरसको प्रकोप पाइएको थियो ।
त्यसमा परेर कम्तीमा पनि १३ हजार मानिसको ज्यान गएको थियो ।अहिले पनि अफ्रिकामा यस भाइरसका सङ्क्रमितहरू भेटिन थालेका छन् । (रासस/सिन्ह्वा)