तिलक थापा,बागलुङ ।
आगामी चैत २० र २१ गते हुन गइरहेको अखिल (छैठौं) बागलुङको २४ औँ जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा संगठनले जिल्लाव्यापी गतिबिधी बढाइरहेको छ ।
सोही क्रममा जैमिनी नगरपालिका वडा नं ५ बिनामारे स्थित सर्वोदय जनक माविमा अखिल छैठौंको ईकाई प्रशिक्षण भेला सम्पन्न भएको छ ।
अनिल शर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रममा अखिल (छैठौं) बागलुङका सचिव दिपेन्द्र पौडेलले सम्बोधन गर्नुभएको थियो ।
त्यस क्रममा उहाँले गलत राजनीतिक प्रवृत्तिको अन्त्य गर्न विद्यार्थीले राजनीति गर्न जरुरी रहेको बताउनु भयो । साथै उहाँले देश हिजो भन्दा आज झन् कठिन अबस्थामा रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गर्नु भयो ।
भेलाले आशिका विश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय अखिल (छैठौं) सर्वोदय जनक मावि ईकाई समिति चयन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमशः रोजिना विश्वकर्मा, रमेश नेपाल, सुरज नेपाली, बिमला पौडेल हुनुहुन्छ भने अन्य सदस्य रहनु भएको छ ।