काठमाडौं । काठमाडौंको रत्न राज्य क्याम्पसमा विभाजित नेकपाको दुई समूहका विद्यार्थीहरुबीच झडप भएको छ । झडपमा परी चार जना विद्यार्थी नेता घाइते भएका छन् ।
Advertisement
प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय विद्यार्थीले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीमाथि आक्रमण गरेको प्रचण्ड–नेपाल निकट विद्यार्थी नेता सुशिल खनालले दाबी गरे ।
आक्रमणबाट प्रचण्ड–नेपाल पक्षका दिपक बस्नेत , दिलिप खड्का ,विशाल रिजाल र मनिस बस्नेत घाइते भएका छन् । मंगलबार विहान सरस्वती पूजा गरिरहेका समयमा ओली पक्षका लोकेश खड्का, उज्वल खड्का लगायतले आक्रमण गरेका हुन् । खड्का सो क्याम्पसका ओली पक्षका युथ फोर्स अध्यक्ष हुन् । घाइते विद्यार्थी नेताहरुको अहिले मोडेल अस्पतालमा उपचार गरिएको छ ।