• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • १०. आदर्शको पहाड

भागरथी हत्या प्रकरण : बलात्कारपछि हत्या भएको पुष्टि


  •   सोमबार, माघ २६, २०७७ मा प्रकाशित
  • बैतडी । मृतावस्थामा भेटिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षण रिपोर्ट आएको छ । जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालय बैतडीलाई आज बुझाएको रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ ।

    Advertisement

    सो रिपोर्टअनुसार भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसअघि घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएको थियो । माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेकी थिइन् । भागरथीको शरीरका विभिन्न अङ्गमा निलडाम र चोटपटक भएको तथा योनीबाट रगत बगेको र घाँटी निमोठिएको थियो ।

    बलात्कारपछि हत्या भएको पुष्टि भएसँगै प्रहरीले अपराधी पत्ता लगाउने कामलाई तीव्र बनाएको जनाएको छ । घटना भएको दिन उक्त बाटो भएर हिँडडुल गर्ने व्यक्ति, सवारी साधनमा आवतजावत गर्ने व्यक्ति र शंका लागेका व्यक्तिलाई सोधपुछको काम भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिनुभयो । भागरथीका आफन्तसँग सोधपुछ गर्नाका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेका छौँ । उहाँले भन्नुभयो, ‘शंकास्पद व्यक्तिलाई सोधपुछ गर्ने काम भइरहेको छ, यसमा स्थानीय बासिन्दाको पनि सहयोग आवश्यकता छ ।’

    यस्तै किशोरीको भेजाइनल स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको छ । यता शव परीक्षण भएको ३ दिनसम्म पनि आफन्तले भने शव बुझ्न मानेका छैनन् । बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताउनुभयो । भागरथीको शव परीक्षणको कार्य शनिबार सकिएको थियो । भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा अध्ययनरत रहेकी थिइन् ।

    हत्यारा पत्ता लगाउन प्रहरी परिचालन

    घटनालाई गम्भीर रुपमा लिइएकाले सम्पूर्ण शक्ति परिचालन गरी भागरथीको हत्यारा पत्ता लगाउन प्रहरीको सङ्घीय, प्रदेश, अनुसन्धान ब्युरो, जिल्लाको सम्पूर्ण शक्ति परिचालन भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । विभिन्न कोणबाट अध्ययन र अनुसन्धान भइरहको छ उहाँले भन्नु भयो, ‘अपराधीलाई जुनसुकै हालतमा पत्ता लाग्छ, हाम्रो सबै जनशक्ति यसै घटनामा केन्द्रित छ ।’

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोली घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ । त्यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।

    मुख्यमन्त्री भट्टलाई ज्ञापन

    भागरथी भट्टको हत्या प्रकरणका दोषीलाई कारवाही गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाइएको छ ।

    बैतडीका स्थानीयले आज भागरथीको घटनाप्रति मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाहीको माग गरेर ज्ञापनपत्र बुझाएका हुन् ।

    घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने मागसहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका माधव विष्टले जानकारी दिनुभयो । (रासस)

    सोमबार, माघ २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध
    अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      युगदर्शनलाई आठौँ वर्षको शुभकामना

    • २.
      वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    • ३.
      अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

    • ४.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • ५.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ६.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ७.
      भारी वर्षाको चुनौती

    • ८.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.