नवलपुर । अखिल नेपाल किसान महासंघ (अप्फा) को गैँडाकोटका विभिन्न वडामा वडा समिति गठन भएको छ ।
अखिल नेपाल महिला संघका महासचिव सकुन्तला राना र महासंघका जिल्ला कोषाध्यक्ष चन्द्र सापकोटाको उपस्थितिमा सम्पन्न भेलाले समिति गठन भएको हो ।
वडा नं १३ मा सरस्वती कँडेलको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको सचिवमा रन्जिता ठकुरी क्षेत्री, कोषाध्यक्ष शान्ती भण्डारी र सदस्यहरुमा गीता सापकोटा, सीता सापकोटा, विन्दु सापकोटा र शारदा पौडेल रहनुभएको छ ।
यस्तै वडा नं १० मा मधुसुवेदी सापकोटाको अध्यक्षतामा गठित समितिको सचिवमा निमा गैरे, कोषाध्यक्ष ईन्दिरा खरेल, सदस्यहरुमा गीता कँडेल, गोमा गैरे, माया खरेल, मायादेवी बराल, सीमा पाण्डे, पवित्राकुमारी कँडेल, रत्नकुमार खत्री, कृष्ण न्यौपाने गैरे, जिनकुमारी थापामगर, आशा राना, शोभा खड्का, सविता खत्री, विष्णु सुवेदी, दिपा पाठक, शोभा कँडेल र पार्वती खरेल रहनुभएको छ ।
यस्तै, गैँडाकोट १२ को वडा समितिको अध्यक्षमा ऋषिराम कँडेल, सचिव प्रेमबहादुर भण्डारी, कोषाध्यक्ष लिलावती कँडेल र सदस्हरुमा शिव पौडेल, राजु खत्री सरस्वती कँडेल र अर्जुन केसी रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।