पुष्कर भट्ट\महेन्द्रनगर ।।
Advertisement
बैतडी दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया छात्रा भागरथी भट्टको बलात्कारपछि भएको हत्याको विरोध गरिरहेको अखिल (छैठौैं) कञ्चनपुर जिल्ला समितिले आइतबार गते बेलुका मदनचोकमा कोणसभा गरेको छ ।
छात्रा भागरथीको न्यायका लागि विरोध प्रदर्शन गर्न खोजिरहेका युनियनका केन्द्रीय अध्यक्ष विमल पोखरेललगायतका नेता–कार्यकर्तामाथि प्रहरीले गरेको ज्यादतीका विरुद्ध कोणसभा सम्पन्न भएको हो ।
कोणसभालाई सञ्चालन अखिल (छैठौं) का महासचिव महेशराज जोशी र जिल्ला सचिव पुष्कर भट्टले सम्बोधन गर्नुभएको थियो ।
विरोधसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, राजमो जिल्ला सहसचिव लालबहादुर कुँवर, रक्तिम सांस्कृतिक अभियानका जिल्ला संयोजक ललित चन्दलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।