• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भागरथी प्रकरणका दोषीलाई कानुनको दायरामा ल्याउन चार महिला संघको माग


  •   आइतबार, माघ २५, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल महिला सङ्घसहितमा चार महिला सङ्गठनले बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्याका दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् ।

    Advertisement

    २०७७ माघ २५ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले यस्तो माग गरेका हुन् ।

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) की संयोजक अमृता थापा, नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मी र विवेकशील साझा महिला सङ्घकी संयोजक रजनी केसीको हस्ताक्षरमा जारी प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “यही माघ २१ गते २ बजेसम्म विद्यालय रहेकी १७ वर्षीय किशोरी साँझ घर नफर्केपछि खोज्ने क्रममा २२ गते अपराह्नतिर क्षत्विक्षत् अवस्थामा शव फेला परेको घटनाले हामीलाई स्तब्ध बनाएको छ ।

    बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका वडा नं. ७ की भागरथी भट्ट १२ कक्षामा अध्ययनरत किशोरीले आज संविधानप्रदत्त अधिकार उपभोग गर्न पाइनन्; किन ? आज एक्काइसौँ शताब्दीको मानव सभ्यताले जवाफ दिनुपर्ने भएको छ । के छोरीहरूले आफ्नो आयु पूर्ण रूपमा जिउन पाउँदैनन् ? पाउँछन् भने हत्या हुने वातावरण किन र कसरी बन्छ ? त्यस्तो वातावरण भए बच्ने वातावरण सृजना किन हुँदैन ? घटना घट्यो भने पनि दोषी आज २४ गतेसम्म पनि पक्राउ किन पर्दैन भने हामीले पक्कै भन्नुपर्छ– शान्ति सुरक्षाको जिम्मा लिएर बस्ने गृह प्रशासन के हेरेर बसेको छ ?

    लामो समयको सङ्घर्षद्धारा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई शान्तिपूर्वक बाँच्न पाउने अधिकार मात्र दिएको छैन, अपितु शिक्षा, स्वास्थ्य, रोजगारलाई मौलिक हकमा राखेको छ । तर दिनदहाडै विद्यालयबाट घर फर्कने क्रममा यसरी विभत्स हत्या हुनु र घटनास्थलको प्रारम्भिक अध्ययनले बलात्कार पछि खुल्ने डरले हत्या गरेको आशङ्का गर्ने ठाउँ प्रशस्त देखिन्छ ।

    यस्तो संवेदनशील घटनाप्रति हामी महिला हक, हित र अधिकारका लागि सङ्घर्षरत महिला सङ्घहरूको गम्भीर ध्यानाकर्षण भएको छ । हामी संविधानको पूर्ण पालना र आम नागरिकले शान्तिपूर्वक बाँच्न पाउने अधिकारको पूर्ण ग्यारेन्टी चाहन्छौँ र आगामी दिनमा यस्ता घटना नदोरिउन भन्नका खातिर यथाशीघ्र दोषी पत्ता लगाई कानुनको दायरामा ल्याएर हदैसम्मको कार्वाहीको माग गर्दछौँ ।

    फक्रन नपाउँदै निमोठिन पुगेकी बैनी भागरथी भट्टप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्देै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छ ।

    पुनश्चः निर्मला पन्तको जस्तो नियति भागरथी भट्टको सवालमा नबनोस्—हामी पुनः स्मरण गराउन चाहन्छौँ ।”

    आइतबार, माघ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.