• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • १०. आदर्शको पहाड

नेपाल पत्रकार महासंघ काठमाडौँको बाइसौँ साधारण सभा सम्पन्न


  •   शनिबार, माघ २४, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।।
    नेपाल पत्रकार महासङ्घ काठमाडौँको बाइसौँ साधारण सभा सम्पन्न भएको छ ।

    Advertisement

    सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा २०७७ माघ २४ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा कक्षमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    साधारण सभाको उद्घाटन समेत गर्नुभएका प्रमुख अतिथि गुरुङले मन्तव्य राख्दै आफ्नो मन्त्रालय देशभरिका पत्रकारको अभिभावक मन्त्रालय भएको दावी गर्नुभयो ।

    प्रेस पास वितरणको प्रदेशस्तरमा गरिएको व्यवस्था तथा पत्रकारको कल्याणकारी कोषमा पाँच करोड विनियोजित गरिएको तथा त्यसलाई अझै बढाएर १० करोड पुर्याउने सरकारको योजना रहेको बताउँदै उहाँले यस्तो दावी गर्नुभएको थियो ।

    उहाँले पछिल्ला दिनमा पत्रकारको आवाज सरकारले सुनेन भन्ने स्थिति नरहेको समेत बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रियसभाका सांसद रामनारायण बिडारी, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रेस काउन्सिलका का.वा. अध्यक्ष गोपाल बुढाथोकी, पत्रकार महासङ्घ काठमाडौँका पूर्व अध्यक्षहरूको तर्फबाट शम्भु श्रेष्ठ, पुरष्कृत पत्रकारहरूको तर्फबाट ईश्वरी वाग्ले, बागमती प्रदेशका प्रेस रजिस्ट्रार रेवती सापकोटा र पत्रकार महासङ्घका महासचिव रमेश विष्ट पनि मन्तव्य दिनुभएको थियो ।

    साधारण सभाको उद्घाटन सत्रमा प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य प्रकाश थापामगर, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलिप थापासहितका विभिन्न पत्रकार सङ्घ/सङ्गठनका पदाधिकारी तथा प्रतिनिधिहरूको समेत आतिथ्यता रहेको थियो ।

    सो अवसरमा १४ वटा बेग्लाबेग्लै पत्रकारिता स्मृति पुरस्कार प्रदान गरिएको थियो । यसरी पुरस्कार प्राप्त गर्ने पत्रकारहरूमा १, अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार – राजेन्द्र स्थापित, २, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार – शम्भु श्रेष्ठ, ३, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार – बलराम थापा, ४, जसुदा प्रधान स्मृति पत्रकारिता पुरस्कार – देबेन्द्र चुडाल, ५, शोभा शाह स्मृति पत्रकारिता पुरस्कार – निर्मला शर्मा, ६, डम्बर गिरी स्मृति पत्रकारिता पुरस्कार – विश्वराज किरात, ७, वाशुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार – इन्द्र रिजाल, ८, मुरारी गौतम स्मृति पत्रकारिता पुरस्कार – निरोधराज पाण्डे, ९, चक्रपाणी नेपाल स्मृति पत्रकारिता पुरस्कार – ज्ञान उदास, १०, रामचन्द्र हुमागाँइ स्मृति पत्रकारिता पुरस्कार – इश्वरीप्रसाद वाग्ले, ११, गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार – मानध्वज लामा, १२, एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार – टिवी विरही, १३, तारा न्यौपाने स्मृति पत्रकारिता पुरस्कार – गोपाल बुढाथोकी, १४, फणिन्द्र दाहाल स्मृति पत्रकारिता पुरस्कार – दामोदरप्रसाद दवाडी हुनुहुन्थ्यो ।

    पत्रकार महासङ्घ काठमाडौँका अध्यक्ष शन्तराम बिडारीको अध्यक्षता तथा सचिव मोहनप्रसाद पन्तको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा पत्रकार महासङ्घ काठमाडौँको स्मारिका (पत्रकारिता) प्रमुख अतिथिद्वारा विमोचन गरिएको थियो ।

    एवम् प्रकारले सो अवसरमा बागमती प्रदेशका प्रेस रजिस्ट्रार रेवती सापकोटाले प्रेस सामग्रीसहितको दुई वटा झोला प्रदान गर्नुभएको थियो भने काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्धर शाक्यले पत्रकारको कल्याणकारी कोषका लागि १५ लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।

    साधारण सभाको दोस्रो चरणको बन्दसत्र ईश्वरी वाग्लेको अध्यक्षतामा अघि बढेको थियो । बन्दसत्रमा सचिव मोहनप्रसाद पन्तले प्रगति प्रतिवेदन, कोषाध्यक्ष पिर्थीबहादुर बस्नेतले आर्थिक प्रतिवेदन र देवेन्द्र चुँडालले आगामी कार्यक्रमको योजना प्रस्तुत गर्नुभएको थियो ।

    बन्दसत्रले ती सबै प्रस्तावलाई पारित गरेपछि बाइसौँ अधिवेशन समापन भएको थियो ।

    शनिबार, माघ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध
    अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      युगदर्शनलाई आठौँ वर्षको शुभकामना

    • २.
      वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    • ३.
      अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

    • ४.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • ५.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ६.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ७.
      भारी वर्षाको चुनौती

    • ८.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.