बसन्त खड्का, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चाको ‘संघर्ष र संगठन अभियान’ अन्तर्गत पाणिनी गाउँपालिका मैदानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम पाणिनी गाउपालिका मैदानमा सम्पन्न भएको छ ।
Advertisement
कार्यक्रममा राष्ट्रिय जनमोर्चाको सदस्यतासमेत वितरण गरिएको थियो ।
प्रमुख अतिथि राजमो पालिका ईन्चार्ज गोबिन्द बिसी, सह ईन्चार्ज कल्पना पोख्रेललगायतले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको संचालन गोपाल बेल्बासे वडा नं ५ का राजमो वडा अध्यक्ष मिनराज भट्टराईको अध्यक्षता स्वागत मन्तव्य मिना कोईरालाको रहेको थियो ।