बसन्त खड्का, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं–६र७ मा संसद विघटनको विरुद्धमा विरोधसभा गरेको छ ।
Advertisement
विरोध सभामा राजमो पूर्व केन्द्रीय सदस्य शेरबहादुर बिसी, लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला सचिव बाबुराम पन्थी सुनार, जिल्ला उपाध्यक्ष गोपाल पौडेल, जिल्ला सदस्य गोबिन्द थापालगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो।
बिष्णु आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रमको अध्यक्षता चन्द्रबहादुर आले तथा स्वागत जोगबहादुर सारुले गर्नुभएको थियो ।