कञ्चनपुर । प्रतिनिधि सभा विघटनविरुद्ध राष्ट्रिय जनमोर्चाले कञ्चनपुरको बेल्डाँडीमा मसाल जुलुस निकालेको छ । बुधबार चवन्नी बजारमा राजमोले मसाल जुलुश प्रदर्शन गरेको हो ।
Advertisement
कार्यक्रमलाई राजमोका जिल्ला अध्यक्ष रामबहादुर कार्की र युवा नेता हरी शर्माले सम्बोधन गर्नुभएको थियो ।
यस्तै, बुधबार नै बेल्डाँडीको वैवाहमा राजमोले विरोध सभाको आयोजना गरेको थियो । सभालाई जिल्ला अध्यक्ष कार्की र सचिव अहिमान थापाले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन हरी शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरीको आतिथ्यता रहेको थियो ।
