दिनेश रैदास, दाङ ।
वार्ड वार्डमा भेला, टोल टोलमा कमिटी अभियान कार्यक्रम अन्तर्गत राष्ट्रिय जनमोर्चा राजपुर गाउँपालिका वार्ड नं ५ को वार्ड स्तरीय कार्यकर्ता भेला आज महतीनि खोलामा सम्पन्न भएको छ ।
लक्ष्मीप्रसाद बुढाको अध्यक्ष्यता, मनकुमार राणाको सञ्चालन र टेकबहादुर बुढाको स्वागत मन्तब्यबाट शुरु भएको भेलालाई प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले सम्बोधन गर्नु भएको थियो ।
भेलालाई राष्ट्रिय जनमोर्चा दाङ देउखुरीका उपाध्यक्ष महेश रिजाल, जिल्ला सदस्य रामफकिरे रैदास, जातीय समता समाज दाङका सदस्य राजकुमार विश्वकर्मा ( कमल), अखिल नेपाल महिला संघका सुनिता बुढा, गंगा केसी, सञ्जु माया घर्तीमगर, अखिल नेपाल युवक संघका विजय गिरी, सामाजिक अभियान्ता तथा अखिल नेपाल महिला संघका हिरा बुढा लगायतले मन्तव्य राख्नु भएको थियो ।
भेलाले लक्ष्मीप्रसाद बुढाको अध्यक्षतामा ३५ सदस्यीय राष्ट्रिय जनमोर्चा राजपुर गाउँपालिका वार्ड नं ५ कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा टेकबहादुर बुढा, सचिव मनकुमार राणा, सहसचिब दिपक गिरी, कोषाध्यक्ष सुनिता बुढा र सदस्यहरुमा खिम बहादुर राणा, कृष्णा बुढा, सीता बुढा, गंगा केसी, राजमाया बुढा, प्रेमराज गिरी, राजकुमार पुन, सुकलाल पुन, सावित्रा भण्डारी, सुनिल बुढा, दिलकुमार रोका, कृष्णा पुन, सर्जुमाया घर्ती, रंगे घर्ती, माइकल भण्डारी, सीमा रोका, हिरा विश्वकर्मा, वीरबहादुर घर्ती, आउटे घर्ती (अनिल), मनप्रसाद घर्ती, ऋषी पुन, रामसरी रोका, चयन हुनु भएको छ ।
त्यसै गरी सल्लाहकारमा दलबहादुर गिरी, इस्वरीराज गिरी, हिरा बुढा, डंकबहादुर पुन, माघुराम चौधरी, देवबहादुर बुढा रहनु भएको छ ।