धनगढी । अखिल (छैठौं) कैलाली ले आज संसद विघटन को विरुद्धमा धनगढी र अत्तरियामा मसाल जुलुस सम्पन्न गरेको छ।
Advertisement
धनगढीमा पार्कगेटबाट निस्केको मसाल जुलुस प्रहरी हस्तक्षेपका बाबजुद पार्कमोड, एलएन चोक हुँदै कैलाली पुलसम्म पुगी पुनः फर्केर एलएन चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई अखिल (छैठौं) का सचिवालय सदस्य उमेश कँडेल, जिल्लाध्यक्ष जनक आचार्य, पूर्व केन्द्रीय उपाध्यक्ष लक्षिराम आचार्यले सम्बबोधन गर्नुभएको थियो ।
त्यसैगरी अत्तरियाको कोणसभालाई अखिल (छैठौं) का केन्द्रीय सदस्य हेमराज भट्ट र प्रदेश सहसचिव टङ्क अवस्थीले सम्बोधन गर्नुभएको थियो ।