भरतपुर । अखिल (छैठौं) को आयोजनामा चितवनको रत्ननगरमा मसाल जुलुस सम्पन्न भएको छ ।
Advertisement
प्रहरी हस्तक्षेपका कारण पूर्व निर्धारित योजनानुसार कार्यक्रम सन्चालन हुन नसके पनि नाराजुलुससहित कोणसभा सम्पन्न हो ।
कार्यक्रमको सञ्चालन अखिल (छैठौं) जिल्लाध्यक्ष कमल शर्मा आचार्यले गर्नुभयो भने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव डम्बर पुरीले मन्तव्य राख्नुभएको थियो ।
मसाल जुलुस रत्ननगर नगरपालिकाको बकुलहर चोकबाट सुरु भई टाँडीचोकमा पुगेर कोणसभा गर्नेगरी निर्धारित भएको थियो । तर प्रहरी हस्तक्षेपका कारण बकुलहर चोकमै नाराबाजीसहित कोणसभा सम्पन्न भएको थियो ।