• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

डडेलधुरामा छैन एउटा पनि विमानस्थल


  •   शुक्रबार, माघ ०२, २०७७ मा प्रकाशित
  • अमरगढी । डडेलधुरा जिल्ला साविकको सुदूर पश्चिम विकास क्षेत्रको मध्यबिन्दु रहे पनि अहिलेसम्म यहाँ एउटै विमानस्थल छैन । विभिन्न समयमा विमानस्थल निर्माणका लागि अध्ययन भए पनि कुनै ठोस पहल नहुँदा यस क्षेत्रको पर्यटीय सम्पदा ओझेलमा परेका छन् ।

    Advertisement

    नागरिक उडड्यन तथा मन्त्रालयअन्तर्गतको नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जय गौतम नेतृत्वको टोलीले २०७२ सालमा डडेलधुरामा तीन वटा सम्भावित ठाउँमा पुगी विमानस्थलका लागि अध्ययन गरे पनि काम अगाडि बढ्न सकेन् । त्यतिबेला सो टोलीमा सहभागी नेकपा डडेलधुराका नेता डा. तारा जोशीका अनुसार केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेला तत्कालीन नेकपा (एमाले) को तर्फबाट उक्त पहलकदमी गरे पनि त्यसका लागि अन्य जिल्लाको सहमत नभएका कारण विमानस्थलको योजना अगाडि बढ्न सकेन ।

    त्यतिबेला जिल्लाका तीन स्थानमा विमानस्थलका लागि अध्ययन टोलीले अध्ययन गरेको हो । प्राविधिक टोलीले डडेलधुरा सदरमुकाम नजिकै जोडिएको अमरगढी नगरपालिका–३ स्थित विरादेई, गन्यापधुरा गाउँपालिका–१ मा पर्ने भागेश्वर सामुदायिक वन असिग्राम र अजयमेरू गाउँपालिका–१ मा पर्ने बकायल गरी तीन ठाउँको अध्ययन गरेको थियो । सम्भावना भएका ती ठाउँमध्ये एब्रो जहाजसम्म सञ्चालनमा ल्याउन सकिने सबैभन्दा उपयुक्त ठाउँ बकायल नै भएको टोलीको निस्कर्ष रहेको थियो ।

    डडेलधुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले हाल पाश्र्वचित्र (प्रोफाइल) तयार गरी विमानस्थल निर्माणको सम्भावना र त्यसले जिल्लामा हुन सक्ने विकासका विषयमा अध्ययन गरिरहेको छ । कमिटेड नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा नगरपालिकाको पाश्र्वचित्र निर्माणको काम भइरहेको छ ।

    पाश्र्वचित्र निर्माणपछि नगरपालिकामा विमानस्थलका लागि गुरुयोजना बनाई प्राधिकरणसँग विमानस्थलका लागि पहल गर्ने नगर प्रमुख विशेश्वरप्रसाद ओझाले बताए । डडेलधुरामा विमानस्थलको उपयुक्त वातावरण भएको र त्यहाँबाट अन्य पहाडी जिल्लामा आवातजावतका लागि पनि एकदमै उपयुक्त हुने उनी बताउँछन् । धनगढीबाट सञ्चालन हुने गेटा विमानस्थलमा हिउँद र बर्खायामको बेला कुहिरोका कारण नियमित उडान नहुने हुँदा समस्या आउने गरेको छ । डडेलधुरामा औसत मौसम राम्रो हुने गरेकाले विमान सेवा नियमित सञ्चालनमा कठिनाइ नहुने उनको भनाइ छ ।

    डडेलधुरामा विमानस्थन निर्माण भई सञ्चालनमा आए यहाँको व्यापार व्यवसायसमेत फस्टाउने डडेलधुरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्ट बताउँछन् । जिल्लाको कतिपय भूभाग भारतसँग जोडिएको सीमा क्षेत्र भएकाले व्यापार प्रवद्र्धनमा पनि विमानस्थलले सहयोग पुग्ने उनी दावी गर्छन् । त्यस्तै, डडेलधुराका कतिपय पर्यटक स्थल, मल्लकालीन राजदरबार, विभिन्न शक्तिपीठ आन्तरिक तथा बाह्य पर्यटक आगमनका लागि आकर्षक गन्तव्य स्थल बन्न सक्छन् ।

    शुक्रबार, माघ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • २.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ३.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ४.
      भारी वर्षाको चुनौती

    • ५.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ६.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ७.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ८.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.