• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

गणतन्त्र र राष्ट्रियता रक्षाका लागि लोकतान्त्रिक शक्तिहरुबीच एकता आवश्यक : सिंह


  •   सोमबार, पुष २७, २०७७ मा प्रकाशित
  • जनकराज पौडेल, दक्षिण भारत ।
    नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु एकजुट हुनपर्ने बताउनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले संसद पुनर्स्थापनाका लागि राष्ट्रिय जनमोर्चाको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्न आयोजनामा गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले २०६२÷०६३ को जनआन्दोलनका सहयात्री दलहरुबीचको एकतामा जोड दिनुभएको हो ।

    Advertisement

    महामन्त्री सिंहले ओली सरकारको पछिल्लो संसद विघटनको कदम अलोकतान्त्रिक, असंवैधानिक रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले प्रतिगमन उन्मूख सो कदमलाई रोक्न र गणतन्त्र, राष्ट्रियता तथा धर्म निपेक्षताको रक्षा गर्न लोकतान्त्रिक शक्तिहरु बीच सहकार्य गर्दै आन्दोलन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

    सिंहले क्रान्तीकारि कोणबाट पनि रणनिति र कार्यनीति कार्यक्रम निश्चित गर्न असफल कतिपय वामपन्थी शक्तिहरुबाट समेत गणतन्त्र र संविधानप्रति प्रहार हुने गरेको भन्दै त्यस प्रकारका सोचाइले अन्ततः प्रतिगमनलाई नै सहयोग पुग्ने स्पष्ट पार्नु भयो ।

    ‘अहिलेको गणतन्त्र वुर्जुवा प्रकारको गणतन्त्र हो । यसले जनताका आधारभुत समस्या समाधान गर्न सक्दैन’ सिंहले भन्नुभयो, ‘यद्यपि विभिन्न जनआन्दोलन र शहिदहरुका बलिदान त्यागले प्राप्त अधिकारहरु गुम्ने अवस्थामा यसको रक्षा गर्दै अघि बढ्नुपर्छ ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले नेपालका सत्तासिन पार्टीहरुलाई विदेशीले आफ्नो स्वार्थपुर्ति गर्न प्रयोग गर्दै आएको उल्लेख गर्दै संसद विघटनको घटनामासमेत विदेशी शक्तिहरुको हात रहेको स्पष्ट पार्नुभयो । उहाँले नेताहरुका सम्झौतापरस्त प्रवृतिका कारण देश सधैँ राजनीतिक अस्थिरतामा फस्दै आएको बताउनुभयो ।

    वामपन्थी नेता आनन्द शर्माले कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा (मसाल) ले विगतदेखि नै गणतन्त्र, धर्मनिपेक्षता जोखिममा रहेको भन्ने विश्लेषण सहि रहेको र घटनाक्रमले मसालको विश्लेषण पुष्टी गरेको बताउनुभयो ।

    कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसी, महासचिव ठाकुर खनाल, सल्लाहकार तथा नेपाली एकता पत्रिकाका सहसम्पादक धरवीर पुन, सचिव प्रेम पौडेल, सदस्य भगवति कुवँर, मदन शर्मा, चोवनाथ शर्मा, मदन भण्डारी, मोहराज चालिसे, सल्लाकार तथा दक्षिण भारत पेशेवर नेता केवि थापाको आतिथ्यता रहेको थियो ।

    महेन्द्र बस्यालको अध्यक्षता, जनकराज पौडेको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सदस्य धर्मराज शर्माले स्वागत गर्नु भएको थियो भने क्षेत्रीय समितिका सहसचिव रा सिंह विकले धन्यबाद प्रकट गर्नु भएको थियो ।

    राष्टिय जनमोर्चाले देशब्यापी रुपमा सञ्चालन गरेको ‘ओली सरकारको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकबाद कदम विरुद्ध संघर्ष गरौं, गणतन्त्र, राष्ट्रियता र धर्मनिपेक्षताको रक्षा गरौं भन्ने मूल नारासहितको विरोध कार्यक्रमप्रति एेक्यबद्धता जाहेर गर्दै मूल प्रवाहले भारतब्यापी रुपमा विभिन्न कार्यक्रमहरु गरिरहेको छ । त्यसै सन्दर्भमा सो भर्चुअल कार्यक्रम आयोजना गरिएको हो ।

    सोमबार, पुष २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.