कपिलवस्तु । अखिल नेपाल बाल संघ खरेन्द्रपुरको दोश्रो भेला आज (शनिबार) सम्पन्न भएको छ । भेलाले विवेक कँडेलको अध्यक्षतामा बाल संगठन खरेन्द्रपुर गाउँ समिति गठन गरिएको छ ।
१५ सदस्सीय समितिको उपाध्यक्षमा सञ्जु भण्डारी, सचिव विक्रम खनाल, कोषाध्यक्ष सम्झना भण्डारी र सदस्य हरुमा विपिन भण्डारी, रबिन अदै, पूजा भण्डारी, समीर अदै, अस्मिता पन्थ, बिनिता पौडेल, रोशन भण्डारी, सन्तोष सापकोटा, कपिल भण्डारी, बिहान अदै, खुम बहादुर भण्डारी चयन हुनुभएको छ ।
भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकर तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह आदैले प्रशिक्षण दिँदै बालबालिकाहरुलाई अनुशासन, खेलकुद, सरसफाइ, पढाइको महत्वसहित कोराना भाइरसबाट बच्ने तरिकाबारे बताउनुभएको थियो । यस्तै बालबालिकालाई जातीय समता समाजका जिल्ला सचिव प्रकाश विकले पनि प्रशिक्षण दिनुभयो ।
नव निर्वाचित समितिलाई अखिल नेपाल बाल संघ धनगदवा अध्यक्ष गगन विक, अखिल नेपाल बाल संघ, नयाँवस्तीका अध्यक्ष पूजा कुँवरले बधाई तथा शुभकामना दिनु भएको थियो ।
विपिन भण्डारीको अध्यक्षतामा भएको भेला सञ्चालन विवेक कडेलले र स्वागत समीर अदैले गर्नु भएको थियो । भेला पछिको बैठकले प्रत्येक महिनामा एक पटक विविध कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ ।