• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

चित्रबहादुर केसीको उपचारबारे भ्रम फैलाउने रक्तिम विभाग जापानका सहसचिव निष्काशित


  •   बुधबार, पुष २२, २०७७ मा प्रकाशित
  • मेघराज रिश्मेली, जापान ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी कोरोना संक्रमित भएको अवस्थामा उहाँको उपचारबारे भ्रम फैलाउने जापान नेपाली एकता समाज, रक्तिम विभागका सहसचिव खड्ग पुनलाई जिम्मेवारीबाट हटाइएको छ । समाजका महासचिव तेजेन्द्र क्षेत्रीले बुधबार एक विज्ञप्ति प्रकाशित गरी जिम्मेवार पदमा वहाल भएको व्यक्तिले संस्थाको मर्यादालाई ख्याल नगरी जथाभावी गरेको भन्दै पुनलाई सो पदबाट हटाइएको स्पष्ट पार्नुभएको छ ।

    Advertisement

    केही समय अघि राजमो अध्यक्ष केसी कोरोना संक्रमणलगायतका समस्याबाट पीडित भएको अवस्थामा राजमोले उपचारका लागि सहयोगको अपिल गरेको थियो । तर, पछि सरकारले नै केसीको उपचार गर्ने जनाएपछि सो सहयोग संकलन स्थगित गरिएको थियो ।

    पार्टीको आह्वानअनुसार अध्यक्ष केसीको उपचारका लागि जापानमा रहेका नेपालीहरुले पनि सहयोग संकलन सुरु गरेका थिए । सो अभियानविरुद्ध सहसचिव पुनले विज्ञप्ति नै निकालेर भ्रम छर्ने प्रयास गरेका थिए ।

    यस्तो छ, जापान नेपाली एकता समाजको विज्ञप्ति
    नेपालमा पूर्व उप प्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी कोभिड–१९को संक्रमण भइ अस्पताल भर्ना हुनुभयो । उहाँको उपचारका लागि उहाँ अध्यक्ष रहेको संस्थाले सबैसामु सहयोगको याचना गर्यो । त्यो सहयोगको याचना पछि जो कोही ब्यक्ति, संघ संस्थाले उहाँको उपचारका लागि सहयोग गर्न तयार रहेको पाइयो र जापानमा जापान नेपाली एकता समाजले पनि सहयोग राशी उठाउने निर्णय गर्यो र संसार भरीका एकता समाजहरूले पनि त्यसको लागि पहल गरे ।

    यसै सन्दर्भमा जापानमा केही विवादित कुरा बाहिर आयो तर जापान नेपाली एकता समाजले भने त्यो कुरालाई गौण मानि सहयोगको अभियान सञ्चालन गर्यो । जापानको विवादित कुराले अरू संघ संस्था र ब्यक्तिहरू र अन्य देशका एकता समाजका सदस्य ,समर्थकहरूलाई पनि प्रभाव पार्यो । त्यसै क्रममा नेपाल सरकारले निर्णय गरी केसीजीको अस्पतालमा लागेको खर्च सबै सरकारले ब्योहोर्ने निर्णय पश्चात त्यो सहयोगको कार्यक्रम स्थगित गरेको सूचना जारी भयो र त्यो सबै क्षेत्रबाट रोकियो ।

    यसै सन्दर्भमा सिर्जित बिषयलाई लिएर जापान नेपाली एकता समाजको सांस्कृतिक विभाग अन्तरगत रहेको रक्तिम सांस्कृतिक अभियान जापानका सहसचिवले नोभेम्बर १७ मा आफ्नो फेसबुक स्टाटस मार्फत एउटा प्रेश वक्तव्य नामक स्टाटस पोस्ट गरे । सो स्टाटसले जापान नेपाली एकता समाजलाई ध्यानाकर्षित गर्यो र सम्पूर्ण जापानवासी नेपाली समुदाय सामु स्पष्ट गर्नुपर्ने महसुस गर्यो ।

    जापान नेपाली एकता समाज जापानमा रहेका नेपालीहरूको एक साझा सामाजिक संस्था हो । राजनीतिक आस्थाले जो ब्यक्ति जहाँ रहेपनि जापान नेपाली एकता समाज कुनै राजनीतिक पार्टी विशेषको वकालत गर्दैन । हाम्रो विधानले व्यवस्था गरेबमोजिम हामी जापानमा रहेका समस्त नेपालीहरूको हकहित र अधिकार, दुई देशबीचको आपसी सम्बन्ध, नेपाल र नेपालीलाई पहिचान गराउने हरेक गतिबिधि, नेपाल र संसारभरी हुने लोकतान्त्रिक आन्दोलनको नैतिक रूपमा सहयोग र समर्थन गर्ने नीति छ। नेपालमा हुने आम निर्वाचनमा नेपालीहरूले आफू रहेको देशबाटै मताधिकार पाउनुपर्छ भनेर आवाज उठाउने संस्था पनि हो एकता समाज । नेपाल र नेपालीको भबिष्यसँग सम्बन्धित नैसर्गिक अधिकारको रक्षा गर्नु र देशमा हुने गलत कदमका बिरूद्ध खबरदारी गर्नु सचेत देशभक्त नेपालीको कर्तब्य हुन आउँछ । हामीले हाम्रो विधान निर्माण गर्दा जापानको कानूनको पनि हेक्का राखी निर्माण गरेका छौं । तसर्थ पनि एकता समाजको विधानको अधिनमा रहेर जो कोही नेपाली ब्यक्ति यस संस्थाको सदस्य बन्न सक्नेछ ।

    हामीले जापान नेपाली एकता समाजको कामलाई सहज बनाउनका लागि बिभिन्न विभागहरू केन्द्रीय समितिले बनाउन सक्ने ब्यबस्था पनि गरेका छौं । यसरी बनाइएका विभागहरू र त्यसका सदस्यहरूले पूर्ण रूपमा जापान नेपाली एकता समाजको घोषणा पत्र, प्रस्तावना र विधानको अधिनमा बस्नु पर्ने छ । अन्यथा त्यस्तो सदस्यलाई केन्द्रीय समितिले स्वत कारबाही गर्न र आबश्यक नदेखिएको अवस्थामा विभाग भंग या पुनर्गठन गर्न सक्नेछ ।

    रक्तिम सांस्कृतिक अभियान जापान, नेपाली एकता समाजको सांस्कृतिक विभाग हो भने रक्तिम सांस्कृतिक परिवार जो नेपालमा एउटा राजनीतिक पार्टीको सांस्कृतिक मोर्चा हो, यी दुई चल्ने तरिका विल्कुलै फरक छन् । अर्को कुरा रक्तिम सांस्कृतिक विभाग नेपालको रक्तिम सांस्कृतिक परिवारको शाखा पनि होइन । तर त्यो वक्तब्यमा रक्तिम सांस्कृतिक अभियान जापान र जापान नेपाली एकता समाजलाई नेपालको राजनीतिक पार्टी र उसको सांस्कृतिक मोर्चासँग जोड्नु जापान नेपाली एकता समाजको मर्म र भावना बिपरित छ । त्यसबाट सिर्जित भ्रममा कोही पनि नपर्नु हुन जापानवासी नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछौं ।

    जिम्मेवार पदमा बहाल भएको अवस्थामा पद र संस्थाको दृष्टीलाई ख्याल नगरी जथाभावी गर्नु र त्यही सत्य हो भन्नु कुनै पनि कोणबाट उचित मानिँदैन । त्यसैले त्यसप्रकारको क्रियाकलापमा संलग्ग्न निज सहसचिवलाई रक्तिम अभियानको सहसचिवको जिम्मेवारीबाट अर्को सूचना जारी नहुन्जेल सम्मका लागि हटाइएको समेत जानकारी गराउदछौं । निकट भविष्यमा सांस्कृतिक विभागको रूपमा रहेको रक्तिम अभियान जापानलाई पुनर्गठन गर्ने समेत केन्द्रीय समितिले निर्णय गरेको छ । पुनर्गठित कार्यसमितिको सूचना पुनर्गठन पश्चात केन्द्रीय समितिले सार्वजनिक गर्ने ब्यहोरा समेतको जानाकारी गराउँदछौं ।

    अन्त्यमा नेपाल समृद्ध भए नेपाली संसारभर जहाँ रहे पनि खुसी हुन सक्ने छन् । पदियलोलुप र व्यक्तिगत स्वार्थकेन्द्रित नेपाली राजनीतिमा अहिले जनताको मतको गम्भीर उल्लंघन भएको छ । देशलाई समृद्धिको बाटोमा नभएर विभिन्न स्वार्थको जालोमा अड्काउने काम भैरहेको छ । यस्तो अवस्थामा संसारभर छरिएर रहेका नेपालीहरुले नेपालको प्रगतिशील आन्दोलनमा ऐक्यवद्धता जनाउनु पर्दछ र हामी जो कोहीले चलाएको भए पनि त्यस प्रकारको आन्दोलनको नैतिक रूपमा सहयोग र समर्थन गर्दछौं । र सम्पूर्ण देशभक्त नेपाली समुदायमा त्यस प्रकारको आन्दोलनको नैतिक रूपमा सहयोग र समर्थन गर्नका लागि हार्दिक अपिल समेत गर्दछौं ।

    तेजेन्द्र क्षेत्री
    महासचिव
    जापान नेपाली एकता समाज

    बुधबार, पुष २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.