• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

कञ्चनपुरमा गोली प्रहार गर्नेविरुद्ध कारबाही गर्न राष्ट्रिय जनमोर्चाको माग


  •   मङ्गलबार, पुष २१, २०७७ मा प्रकाशित
  • महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीमा भारतीय पक्षबाट गोली प्रहार गरी नेपाली किशोरलाई घाइते बनाएकोप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति प्रकट गरेको छ । राजमो कञ्चनपुरले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी घटनाबारे अनुसन्धान गर्न र दोषीहरुमाथि कारबाही गर्न माग गरेको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा, कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्कीले प्रेसित गर्नुभएको विज्ञप्तिमा भारतीय साम्राज्यवादले नेपाली भूमीमा आएर बारम्बार दादागिरी गर्ने गरेपनि सरकार मुकदर्शक बन्ने गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

    कञ्चनपुरको महाकाली नगरपालिका–१ का १६ वर्षीय नरेश सुनारमाथि सोमबार साँझ ६ बजे भारतीय बजार गडीगोठबाट सामान किनेर घर फर्किंदै गर्दा नेपाल–भारत सीमा क्षेत्रमा गोली प्रहार भएको थियो । खुट्टामा गोली लागेका सुनारको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।

    यो पनि : भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा कञ्चनपुरमा १६ वर्षीय किशोर घाइते

    अध्यक्ष कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,
    ‘कञ्चनपुरको महाकाली नगरपालिका वडा नं १ का नरेश सुनारमाथि २०७७ पुस २० गते साँझ भारतीय पक्षले गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा, कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको छ ।

    सिमावर्ती भारतीय बजार गडीगोठबाट सामान किनेर घर फर्कँदै गर्दा सीमा क्षेत्रमा आइपुगेपछि भारतीय सुरक्षाकर्मीले उनलाई डण्डाले हानेर घाइते बनाएका र उठेर भाग्न खोज्दा गोली प्रहार गरेको बुझिएको छ । एक जना निहत्था व्यक्तिमाथि भारतीय पक्षले गरेको उक्त ज्यादतीप्रति हाम्रो पार्टी आपत्ति प्रकट गर्दछ ।

    भारतीय साम्राज्यवादले नेपालको सीमा क्षेत्रमा प्रवेश गरी बारम्बार सिमास्तम्भ सार्ने, नेपालीलाई धम्क्याएर सिमा अतिक्रमण गर्ने, नेपाली नागरिकहरुमाथि कुटपिट गर्ने लगायतका दादागिरी गरिरहेको छ । तर, नेपाल सरकार राष्ट्रियतासँग जोडिएका यस्ता संवेदनशील विषयमा समेत मुकदर्शन बन्ने गरेको छ ।

    दोधारा चाँदनीमा सोमबार भएको ज्यादती पनि भारतीय साम्राज्यवादले नेपालीहरुमाथि गर्दै आएको दादागिरी प्रवृतिको निरन्तरता हो । हाम्रो पार्टी उक्त घटनाको छानबिन गरी दोषीलाई कडा कारबाहीका लागि पहल गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

    रामबहादुर कार्की
    अध्यक्ष
    राष्ट्रिय जनमोर्चा, कञ्चनपुर

    मङ्गलबार, पुष २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला
    विकास निर्माणको कामलाई गति दिन निर्देशन
    मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव
    घट्यो सुनचाँदीको मूल्य

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      भारी वर्षाको चुनौती

    • २.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ३.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ४.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ५.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    • ६.
      घट्यो सुनचाँदीको मूल्य

    • ७.
      भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

    • ८.
      प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.