दीप गोले
हाम्रो सोचमा
आमाबुबा भएर
छोराछोरीलाई संस्कार दिन जानेनन् ।
मान्छे ठुलो हॅुदैमा
विचार बलवान् हॅुदैन
महलभित्र हुर्किदैमा
कोही सभ्य हॅुदैन
मसिनोमिठो खॅादैमा
साहु–महाजन हॅुदैन
आलिसान महाल, चिल्लो कार चढ्दैमा
असल चरित्रको मान्छे हॅुदैन
निजामति कर्मचारी हुँदैमा
देशमा सुशासन हुँदैन
शिक्षक–शिक्षिका हुँदैमा
ज्ञान विचरण हुदैन ।
हाम्रो देशमा
सेना र प्रहरी हुँदाहुँदै
सीमा मिच्न
र, अपराधी समात्न सक्दैन्
वकिलहरूको जमात भएर
निर्दोषले न्याय पाउदैनन् ।
विद्वानहरू विद् भएर के भो ?
मत एक हुदैनन्
साहित्यकारको जमातभित्र
पुरानो मानसिक चरित्र हट्दैनन्
डाक्टरहरूको भिडमा
रोगी कम हुदैनन्
इन्जिनियरहरू
सही नक्सा कोर्दैनन्
अख्तियार आयोग
भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन
क्रान्तिकारी शब्दको ज्वार फुटाउँदैमा
क्रान्ति उर्लिदैन
नेता र मन्त्रीहरू हुँदैमा
संविधान कार्यन्वयन
र, सुखशान्ति छाउदैन्
राष्ट्रपति
अभिभावकको भूमिका निभाउन सक्दैन ।
जब यी सबैले देशको बारेमा सोच्छन्
तब देशको मुहार फेरिन्छ
मार्क्सबादको रूपरेखा कोरी
‘म’ र ‘मेरो’ शब्द मानसपटलबाट हटाई
हामी र हाम्रो भन्ने भावनाको ज्वार फुटाई
देश र जनता निम्ति सोच्नुपर्छ
अनि, देशले मुहार फेर्नेछ ।