• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कतारमा प्रशिक्षण


  •   बिहिबार, पुष १६, २०७७ मा प्रकाशित
  • दुर्गानाथ खरेल ।।
    कतार नेपाली एकता समाजको निमन्त्रणामा पार्टीको म २०७६ साउन २२ गते कतार एयरवेजको जहाजबाट कतार पुगेँ ।

    Advertisement

    एकता समाजका नेपाली साथीहरूले हवाइअड्डामा भव्य स्वागत गरेर डेरामा लगे । हवाइजहाजको ३२ गते साउनको फिर्ती टिकट र त्यहाँ होटलमा बस्ने कोठासमेत किटान गरेर टुरिस्ट भिसामा बोलाएको भए पनि होटलको चर्को खर्च बचाउन डेरामा एड्जस्ट गर्ने गरी बन्दोबस्त मिलाएका थिए । डेराको एउटा कोठामा छ जना साथीहरू मिलेर बसेका रहेछन् । मलाई एउटा खाटमा नयाँ ब्लाङ्केट, नयाँ तन्ना र नयाँ सिरानीको खोल किनेर मसँगै मेरै घरमा पठाइदिने गरी लुगासहितको बिस्तरा तयार पारेका रहेछन् । मैले बिस्तरा आफ्नो बनाएँ ।

    काठमाडौँबाट अपराह्न ४ बजेको फ्लाइट ८ बजेतिर कतार पुगेको थियो । १० बजे कोठामा पुगेर सुत्यौँ ।

    मलाई खाट छाडिदिने साथी एउटा कम्पनीको ड्राइभर हुनुहँुदो रहेछ । उहाँको जिम्मामा एउटा गाडी रहेछ ।

    बिच बिचको छुट्टी पर्ने गरी मेरो दश दिनको समय निश्चित गरेका रहेछन् । एकातिर, छुट्टीको दिन अर्कोतिर, आफूले आफ्नो कार्यालयबाट छुट्टी मिलाएर उहाँ आफ्नो गाडीसहित करिब–करिब पूरै दश दिन मसँगै रहनुभयो । भोलि पल्ट उहाँले आफ्नो अफिस, त्यहाँको कामगराइ, साथीहरूसँग परिचय र आफूले बजारबाट किनमेल गर्ने सामान पाइने ठाउँ आदिको अवलोकन गराउनुभयो ।

    त्यसको भोलि पल्टबाट व्यस्त कार्यक्रम सुरु भयो । कार्यक्रम मात्र सात दिनको थियो । चार दिनको प्रशिक्षण र तीन दिनको अवलोकन कार्यक्रम निश्चित गरिएका रहेछन् । एकता समाजमा आबद्ध सबै साथीहरूसहित एक दिनका लागि संभव भएजति साथीहरूको प्रशिक्षण थियो ।

    मैले स्तरअनुसार सरल र अलि उच्च विषयवस्तु प्रस्तुत गरे पनि ती विषय सिद्धान्त, राजनीति र सङ्गठनसम्बन्धी नै थिए । डेढ घण्टाका दुई पिरियड मात्र पढाउन सकिन्थ्यो । प्रत्येक दिन नास्ताअघि डेढ घण्टाको एक पिरियड र नास्तापछि डेढ घण्टाको एक पिरियड पढाउने गर्दथेँ । कुनै पिरियड सिद्धान्तको एउटा र राजनीति तथा सङ्गठनको एउटा हुने गर्दथ्यो । कुनै दिन सिद्धान्त र राजनीतिको एउटा हुने गरी औचित्यता र आवश्यकताको आधारमा आफैले विषय निश्चित गरेर पढाउने गर्दथेँ । अन्तिम दिनको एउटा पिरियड भने सहभागीहरूको छनोटमा उग्रवामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादको पाठ पढाएको थिएँ ।

    पार्टीका जिम्मेवार साथीहरूलाई सङ्गठनसम्बन्धी प्रशिक्षणमा बढी जोड दिएको थिएँ । एकता समाजको सामान्य साथीहरूका लागि सिद्धान्तमा बढी जोड दिएको थिएँ । मैले कान कम सुन्ने भएको हुनाले सरल र स्पष्ट बुझ्ने गरी पढाउने कोसिस गर्थें । प्रश्नोत्तर कम हुने गर्दथे । सहभागीहरू खुसी र सन्तुष्ट देखिन्थे । त्यसबाट म बुझाएर पढाउन सकेको महसुस गर्दथेँ ।

    पहिलो कुरा त उनीहरूको त्यहाँ पनि आम्दानीअनुसार आर्थिक हैसियत फरक थियो । आर्थिक हैसियतअनुसार सुत्ने कोठा, बैठक कोठा, किचेन, डाइनिङ छुट्टाछुट्टै भएका साथीहरू पनि थिए । एउटै कोठामा आठ जनासम्म अटसमटस गरेर गुजारा चलाउने पनि थिए । दोस्रो कुरा, मजदुर भए पनि उनीहरू त्यहाँका लागि मध्यम हैसियत भएका निम्न पुँजीपति थिए । उनीहरूको सिक्ने चाहनालाई त्यसले फरक पार्दथ्यो ।

    नेपालीहरू संसारका धेरै देशमा र धेरै सङ्ख्यामा गएका छन् । धेरैजसो कामदारको रूपमा गएका छन् । उनीहरूको घर, जहान–केटाकेटी नेपालमा नै छन् । केहीले उतै घरजम गरेर बसेका र केही बसाइँसराइ गरेर उतै बस्ने गरी गएका छन् । यहाँ सम्पत्ति, जहान भएकाहरू उता काम गरे पनि यहाँ छोराछोरीको पढाइ, स्वास्थ्योपचार, रोजगारी सबै यहीँ हुने भएकाले आम्दानी सबै यतै ल्याउने गर्दछन् ।

    राजनीतिक चासो पनि यहाँको नै हुन्छ । तिनीहरूसँग भएको राजनीतिको समस्या र सङ्गठनको समस्या पनि अप्ठेरो छ । किनभने त्यहाँ हुँदा त्यो देशको राजनीतिसँग कुनै चासो, संलग्नता र सकृयता हुन्न । नेपाली–नेपाली मिलेर आपसी हित र आपसी सहयोग आदानप्रदान आदि मात्रै हुने हुन् । चासो भए यहाँको राजनीतिको हो । विदेशमा भएर देशभित्रको राजनीतिमा चासो राखे पनि मामुली सहयोग मात्र पुग्ने हो, खासै निर्णायक महत्त्व हुन सक्दैन ।

    जहाँसम्म मजदुरको राजनीति हो, त्यहाँ मजदुर छन्, त्यहाँको राजनीतिमा संलग्नता छैन । चासो राखे पनि निर्णायक काम केही हुन सक्दैन । तिनीहरू नै देशभित्र आएपछि यहाँका मजदुर हुन्नन्, निम्न पु“जीपति हुन्छन् । उनीहरूको राजनीतिमा प्रभावकारी भूमिका हुन सक्दैन । उतै घरजम र बसाइँसराइ गरेर गएका गैरआवासीय नेपाली हुन् । उनीहरूले आफ्नो छुट्टै सङ्गठन बनाएर सक्दो सहयोग गर्छन्, गरिरहेका छन् । त्यस्तो भए पनि देशको राजनीतिमा सहयोगी भूमिका मात्रै हुन सक्दछ; र, हुने गरेको पनि छ ।

    मजदुरको राजनीति गर्नका लागि त्यहाँ मजदुर भएकै अवस्थामा राजनीतिक चेतनास्तर उच्च बनाउन सक्ने हो भने अवश्य पनि र उछार पाए पनि÷नपाए पनि उनीहरू देशका नागरिक हुन्; र, उनिहरूबाट देशको राजनीतिमा महत्त्वपूर्ण योगदान अवश्य हुने छ ।

    कतार सानो देश भएको भए पनि र त्यहाँको जनसङ्ख्या अझै पाँच लाखभन्दा बढी नभए पनि त्यो देशमा २२ लाख मान्छे छन् । धेरैजसो विदेशी कामदार छन्; र, केही व्यवसायी पनि छन् ।

    कतार तीनतिर समुद्रले र एकतिर सउदी अरबसँग जमिनले जोडिएको छ ।

    त्यहाँको मुख्य उत्पादन खजुर रहेछ । सन् १९९० सम्म देशमा खासै आम्दानी केही नभएकाले आर्थिक सम्पन्नता र आर्थिक चहलपहल बढेको रहेनछ । १९९० मा समुद्रबाट ग्याँस उत्खनन् गरेर बेच्न लागेपछि राष्ट्रिय आम्दानी ह्वात्तै बढेको रहेछ ।

    माटोसमेत नभएको मरुभूमि देशमा सउदी अरबबाट दुध र दुधजन्य पदार्थ ल्याउने रहेछन् । जमिनसँग जोडिएको त्यही एउटा मात्र देशले नाकाबन्दी लगाएपछि विदेशबाट एक वर्षभित्रमा प्रविधि, प्राविधिक, माटोसमेत भित्राएर गाईफार्म सञ्चालन गरेर अहिले दुध विदेशसमेत पठाउने रहेछन् । माटो बाहिरबाट ल्याउने, समुद्रको पानी प्रसोधन गरेर पाइपबाट भेन्टाको बेर्नाको जरामा पुर्याउने, मल र रेखदेख गर्ने प्राविधिक व्यवस्था गरेर चार–पाँच हेक्टर जमिनमा भेन्टा खेती गरिरहेको प्लट मैले पनि अवलोकन गर्न पाएको थिएँ ।

    बाहिर बढी गर्मी भएकाले सबै एसी भएको गाडीबाट यात्रा गर्ने, घर र कोठामा समेत एसीको व्यवस्था गरेका रहेछन् । जताततै समुद्र भए पनि एकातिरको समुद्रको किनाराबाट बहराइनमा बिजुलीबत्ति बलेको देख्न सकिने रहेछ । मूल सडकमा समेत एसी जडान गरिसकेको कतारमा २०२२ को विश्वकपको लागि निर्माण भइरहेको भव्य रङ्गशाला पनि देख्न सकिन्थ्यो ।

    ३० वर्षअघिसम्म खजुरबाहेक अरू उत्पादन नहुने मरुभूमिको देशमा यति छिट्टै त्यति धेरै उत्पादन र जीवनस्तर उच्च बनाउन सकिने रहेछ । हाम्रो देशमा पनि साँच्चै जनताप्रति चिन्ता र चासो भएको सरकार हुने हो र यहाँको जनशक्तिलाई विदेश पलायन बनाउनुको साटो यहीँका साधनश्रोतको उपयोग गर्न सके जीवनस्तर उच्च बनाउन धेरै वर्ष लाग्ने थिएन ।

    प्रशिक्षणको सिलसिलामा पहिलो दिन पार्टीका जिम्मेवार साथीहरूको प्रशिक्षण थियो । सबै ठाउँको प्रतिनिधित्व हुनुपर्ने हुनाले त्यो प्रशिक्षण हामी बसेको ठाउँबाट अलि टाढा र अलि व्यवस्थित बसोबास भएका साथीहरूको डेरामा आयोजना गरिएको थियो । उनीहरू पनि सङ्गठनका जिम्मेवार साथी र म पनि जिम्मेवार पार्टीको प्रशिक्षक भएकाले विषयवस्तु छनोट र प्रस्तुति सरल तरिकाले उच्च विषयवस्तु प्रस्तुत गरेँ ।

    एक पिरियड पढाएपछि कतारका मजदुर साथीहरूले बनाउन सक्ने र खानेमध्ये उच्चस्तरको खाना बनाएर खायौँ । खाना खाएपछि केही समय आराम गरेर अर्को डेढ घण्टा पढाएँ । त्यो दिन करिब–करिब पूरै बित्यो । सामान्य चियानास्ता गरेर आआफ्नो बासस्थानतिर लाग्यौँ ।

    बाँकी रहेका छ दिन साथीहरूको छुट्टीको दिन पारेर तीन दिन प्रशिक्षण र प्रशिक्षणकै दिन पनि प्रशिक्षणपछि फ्रेस हुने गरी अवलोकन भ्रमण र बाँकी तीन दिन अनुकूलतानुसार कतारका सबै महत्त्वपूर्ण ठाउँ बाँकी नरहने गरी अवलोकन गराउने गरी योजना मिलाइएको रहेछ ।
    अन्तिम ३१ गतेको दिन भने विदाको पूर्वतयारीको दिनको रूपमा मात्र उपयोग गरिएको थियो ।

    प्रशिक्षणको दोस्रो दिन सबै ठाउँको केन्द्र पारेर एउटा होटलको सभाहलमा र हामी बसेको नजिकै आयोजना गरिएको थियो । त्यो प्रशिक्षण कतार नेपाली एकता समाजमा सङ्गठित सबै सदस्य साथीहरूको सहभागितामा भएको थियो । धेरै साथीहरू सङ्गठित भएको भए पनि ६५ जना मात्र आउन सकेका थिए । डेढडेढ घण्टाका दुई पिरियडको बिचमा चियानास्ताको व्यवस्था थियो । प्रशिक्षणपछि केही समय अवलोकन भ्रमण गएका थियौँ ।

    त्यहाँ रहँदासम्म आफ्नै गाडी भएकाले खाना सकेसम्म कतारमा खुवाइने सबै प्रकारका खाना खुवाएर पठाउने योजनानुसार फरक–फरक होटलमा फरक–फरक खाना खुवाउन लगिएको थियो ।

    तेस्रो प्रशिक्षण पार्टीका सङ्गठित साथीहरूको बिचमा थियो । साथीहरू उत्सुक थिए । होटलको एउटा कोठामा प्रशिक्षण सम्पन्न भएको थियो ।

    चौथो प्रशिक्षण एकता समाज र अन्य समर्थक, शुभचिन्तक नेपाली, अघिल्लो दिनमा आउन नपाएकासमेतको अन्तिम प्रशिक्षण थियो ।
    अवलोकन भ्रमणमा कतारका सबै अवलोकनयोग्य समुटीतट, बालुवाको पहाड, जुन सउदी अरबको सिमानानजिक पर्ने रहेछ; र, बतासले एकैछिनमा बनाउने, बिगार्ने र सार्नेसमेत गर्ने रहेछ । त्यहाँ नजिकै समुद्रबाट उत्खनन् गरेर निकालेको ग्यास प्लान्ट रहेछ । त्यो नै कतारको मुख्य आम्दानीको स्रोत रहेछ । त्यो पनि हामीले अवलोकन गरेका थियौँ ।

    अवलोकनको दोस्रो फोकस कृषिफार्म थिए । कृषिफार्ममध्ये मुख्य दुध र दुधजन्य पदार्थको उत्पादन केन्द्र गाईफार्म थियो । गाईलाई नबाधिकन घाँस, दाना खाने, चर्ने र दुध दुहुने व्यवस्थासहितको फार्म थियो । एक घण्टामा एक सय गाईलाई मेसिनले दुहेर दुध जम्मा गरिसक्ने र एक जनाले मेसिन जडान गर्न सक्ने स्वचालित व्यवस्थापन अति वैज्ञानिक लाग्यो ।

    दोस्रो कृषिफार्म खजुर उत्पादन फार्म थियो । खजुर उत्पादन फार्ममा एउटा हाँगाको फल हामीलाई दिएका थिए । दुई जनाले धौ धौ उचाल्न सक्ने थियो त्यो हाँगा ।

    तेस्रो कृषिफार्म उँटफार्म थियो । उँटहरू व्यवस्थित तरिकाले पालिएका थिए ।

    भेन्टा उत्पादन गर्न भेन्टाका भर्खर सारिएका बेर्नाको प्लट पनि हामीले अवलोकन गरेका थियौँ ।

    अवलोकनको तेस्रो फोकस म्युजियम (सङ्ग्रहालय) थियो । सङ्ग्रहालयमा कतारको परापूर्व कालको तेल उत्खनन् हुनुभन्दा पहिलेको दुःखदायी अवस्थाको चित्रण गरिएका सामग्री राखिएका थिए ।

    चौथो फोकस व्यापारिक मलहरू थिए । पुरानो व्यापारिक मल तुलनात्मक रूपमा सानो र धेरै तल्ला भएको थियो । तर नयाँ भने एकतल्ले, बिचमा स्विमिङ पुल भएको र त्यसको आकासमा कृतिम बादल उडेको देखिने सयाँै स्टलमा आवश्यकताका सबै सामान पाइने व्यापारिक मल थियो ।

    म १५ देखि ६७ वर्षसम्म शिक्षणपेसामा यो वा त्यो रूपमा लागेको छु । शिक्षणपेसालाई आधार बनाएर एसएलसी, आइएस्सी, बिएड र एमएडसमेत नियमित विद्यार्थीको रूपमा अध्ययन गरेर मैले प्रमाणपत्रसमेत प्राप्त गरेको छु । प्राइमरी स्कुलको शिक्षक, मिडलस्कुलको शिक्षक, हाइस्कुलको शिक्षक, क्याम्पसको लेक्चरर गर्दै मैले ४५ वर्ष बिताएँ ।

    एमएड पास गरेपछि राष्ट्रिय जनमोर्चाको प्रशिक्षक भएपछि आफूलाई सबैभन्दा कठिन काम गर्नुपरेको महसुस गरेको छु । एकातिर विषयवस्तु अप्ठेरो, अर्कोतिर सहभागी प्रशिक्षार्थीको असमान चेतनास्तर—यी दुई वटा कठिनाइँको सामना गर्दै गएको मैले कतारको ११ दिनको प्रशिक्षण कार्यक्रम सबैभन्दा व्यस्त, व्यवस्थित, मर्यादित र म आफैलाई तेस्रो देशको शिक्षाप्रद अनुभव भएको महसुस गरेँ ।

    नेपालमा भन्दा भारतको प्रशिक्षणमा बढी उत्सुकता हुन्छ । त्यसैले भारतमा मजदुरको बिचमा बढी प्रशिक्षण सञ्चालन भएको हुन्छ ।

    कतारमा पनि मजदुरको बिचमा नै प्रशिक्षण कार्यक्रम सञ्चालन भएको थियो । अर्को कारण भारतमा देशभित्रबाट अरू नेतृत्वपङ्क्तिमध्येबाट धेरै जना र धेरै पटक गएर प्रशिक्षण कार्यक्रम सञ्चालन हुन सक्छ; र, भइरहेको पनि छ । कतारमा खर्चको हिसाबले र पासपोर्ट भिसा आदि व्यावहारिक झन्झटका हिसाबले पनि त्यो सुविधा उपलब्ध हुन सक्ने अवस्था भएन । लामो समयसम्म मजदुर भई काम गरेका र राजनीतिक पार्टीमा सङ्गठित भएको भए पनि प्रशिक्षण, अध्ययन, सङ्घर्ष र निरन्तरता बिना आमूल परिवर्तनको उद्देश्य राख्ने पार्टीमा काम गर्न सकिन्न भन्नेसमेत थाहा पाएको नेतृत्वपङ्क्तिका साथीहरूको लामो प्रतिक्षापछि प्रशिक्षण कार्यक्रम आयोजना गर्न पाएकाले पनि त्यस्तो भएको हुन सक्छ ।

    बिहिबार, पुष १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.