• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

यसरी हुँदैछ सडक मानवको उद्धार !


  •   बुधबार, पुष १५, २०७७ मा प्रकाशित
  • नारायण ढुङ्गाना, धनुषा ।
    यहाँस्थित वीरेन्द्र बजारको सडकपेटीमा एक महिला अशक्त अवस्थामा देखिनुभयो । लामो समय सडकवास हुँदा चिसोका कारण घुँडा सुन्निएकाले उहाँ राम्ररी हिँडडुल गर्न सक्नुभएको थिएन । वरपर मान्छेको आवतजावत बाक्लै भए पनि कसैको नजर उहाँमा परेको थिएन । बेवारिसे व्यक्तिलाई हेर्ने दृष्टिकोण नै समाजमा अझै पनि सकारात्मक छैन भन्ने तीतो यथार्थ त्यहाँ देखियो ।

    Advertisement

    यत्तिकैमा एक हुल युवा हरर…आइपुगे । एक्कासि नयाँ मानिसको जमघट देखेपछि स्थानीयवासीको जमघट बढ्यो । उनीहरु खुसामद गर्दै थिए । कतिले पैसा बाँड्न लागेको र खाना बाँड्न लागेको कुरा पनि खुसामद गर्दै थिए । त्यो युवा समूह अरु कोही नभएर मानव सेवा आश्रमको मेची–महाकाली उद्धार अभियानकर्मी थिए ।

    बेसहाराको उद्धारमा खटिएका युवाले उहाँलाई स्टे«चरमा राख्नै लाग्दा महिलाको आँखाबाट बरर… आँसुका धारा बग्यो । मलिन अनुहारमा दुई हात जोडेर उहाँले सबैसामु सहयोगको भिख माग्नुभयो । यसअघि यसरी कसैले नगरेको काम एक्कासि प्राप्त मायाले उहाँ चकित पनि हुनुभयो ।

    फरक भाषा भएकाले बुझ्न नसकिए पनि उहाँका हाउभाउले धेरै पीडा बोलिरहेको थियो । कारुणिक अवस्थाबाट उद्धार गरी उहाँलाई सर्लाहीस्थित हरिवनमा रहेको मानव सेवा आश्रममा ल्याएर राखिएको छ । ‘केही भन्न खोज्दै हुनुहुन्थ्यो तर भन्न सकिरहनुभएको थिएन, हामीले तत्कालै उद्धार गरेर स्टे«चरमा राख्दा पनि उहाँ ऐया… ऐया भन्दै रुनुमात्र भयो’, उद्धारकर्मी सुशीला केसी सम्झनुहुन्छ, ‘आश्रम ल्याएर सरसफाइ गरेपछि उहाँको पीडा निकै कम भएको छ ।’

    सिरहाको लहान बजारस्थित सडकमा फेला परेका चार व्यक्तिलाई पनि सोही बेला नेपाल प्रहरीले उद्धार टोलीको जिम्मा लगायो । उनीहरु सबैलाई मेचीकाली अभियानमा खटिएको टोलीले एम्बुलेन्समा राखेर मानव सेवा आश्रममा पुर्याई खाना, नाना र छानाको आवश्यक प्रबन्ध गरिएको छ । टोलीले आफैँ राजमार्गमा घुमेर सडकमा रहेका बेसहाराको उद्धार गरिरहेको छ ।

    उक्त टोलीमा एम्बुलेन्सहित स्वास्थ्यकर्मी परिचालित छन् । जहाँ मिल्छ, त्यहाँ आफैँ खाना पकाएर खाँदै टोलीले उद्धार अभियान चलाइरहेको छ । युवाले सोही क्रममा सामाजिक सचेतना दिने, स्थानीय तह र प्रदेश सरकारलाई घच्घच्याउने काम पनि एकैसाथ गर्दै आएका छन् । एक हप्तामा मात्रै उक्त टोलीले प्रदेश नं १ र प्रदेश नं २ का केही जिल्लाबाट मात्रै ३१५ जनालाई उद्धार गरी व्यवस्थापन गरेको छ । उनीहरुलाई यहाँ खोलिएको विभिन्न आश्रममा नअटेपछि स्थान अभाव हुँदा दैनिक ३० हजार भाडा तिर्ने गरी पार्टी प्यालेसमा राख्नुपरेको आश्रमले जनाएको छ ।

    सरकारले विसं २०७८ भित्र मुलुकलाई बेसहारा सडक मानव नरहेको मुलुक बनाउने उद्घोष गरिसकेको छ । उक्त सरकारी संकल्प पूरा गर्ने आधार तयार पार्न मानव सेवा आश्रमले अहिले राष्ट्रिय उद्धार अभियान लिएर मेची–महाकाली सडकयात्रा गरेको हो ।

    यही पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यको सहभागितामा उद्घाटन भएको अभियान पुस ९ गते मेचीबाट औपचारिकरूपमा थालिएको थियो । कूल ३०० बेसहाराको सडकबाट उद्धार गर्ने लक्ष्य रहे पनि प्रदेश नं १ र प्रदेश नं २ को केही जिल्ला घुम्दा नै उक्त लक्ष्य प्राप्त भइसकेको छ । त्यसैले अबको व्यवस्थापन चुनौतीपूर्ण छ ।

    सडकमा सोचेभन्दा बढी बेसहारा सहयोगापेक्षी रहेको र त्यसबाहेक परिवार भएका व्यक्तिलाई समेत प्रहरी र स्थानीय तहले उठाएर ल्याउँदा सङ्ख्या बढी हुन पुगेको छ । ‘वास्तविक सहयोगापेक्षी त हामी संरक्षण गर्न सक्छौँ, मदिराको तालमा रम्न चाहने व्यक्ति धेरै सडकमा देखिए, उहाँहरु धेरै घरपरिवार भएका पनि हुनुहुन्छ’, आश्रमका प्रवक्ता सुमन बर्तौला भन्नुहुन्छ, ‘त्यस्ता व्यक्तिलाई सडकमा आउनबाट रोक्ने वातावरण निर्माणमा स्थानीय तह र प्रहरीको सहयोग चाहिन्छ ।’ उहाँले बेसहाराबाहेक परिवार भएका, पेशेवर मगन्ते र दिनभर मदिरा खाएर बस्ने व्यक्तिलाई उद्धार गर्ने आश्रमको नीति नभएको समेत बताउनुभयो ।

    प्राप्त विवरणअनुसार प्रदेश नं १ मा मात्रै २५४ जनाको उद्धार भएको छ । झापामा ७६ भेटिएका छन् । सुनसरीमा १११ र मोरङमा ६४ फेला परे । त्यस्तै प्रदेश नं २ अन्तर्गत सप्तरीमा ३६, सिरहा, महोत्तरी र धनुषामा २५ को उद्धार भइसकेको छ ।

    ‘प्रदेश नं १ मा प्रहरी र स्थानीय तहमार्फत मानिस ल्याउँदा परिवार भएका, मदिराको तालमा रमाउने, मजदुरी गर्ने, घर तथा परिवार भएका व्यक्ति पनि आए, स्थानीय तहले खाना दिने गरेकाले त्यही आसमा आएका व्यक्ति पनि समेटिए’, आश्रमका अध्यक्ष रामजी अधिकारीले भन्नुभयो, ‘त्यसैले अहिले अभियानको स्वरूप बदलेर वास्तविक सहयोगापेक्षीलाई मात्रै उद्धार गर्ने गरी कार्यक्रम थालिएको छ ।’

    कुनै पनि सहयोगापेक्षी छन् भने उद्धार टोली आफैँ गएर अवस्था बुझेपछि वास्तविक बेसहाराको पहिचान गरेर मात्रै उद्धार गर्न थालिएको उहाँले बताउनुभयो ।
    ‘जो पायो त्यही उठाउँदा एक त व्यवस्थापन गर्न कठिन, अर्को घरपरिवार भएका र काम गरेर खान सक्ने व्यक्तिका लागि यो अभियान हुँदै होइन’, अधिकारीले अभियानबारे प्रष्ट्याउँदै भन्नुभयो ।

    कोही पनि भोको नाङ्गो भएर र एक छाक खान नपाएर, माग्न पनि नसक्ने अवस्थामा सडकमा बसिरहेका व्यक्तिको संरक्षण गर्ने योजनाका साथ विसं २०६९ मा उक्त आश्रम स्थापना भएको थियो । सोही अभियानलाई साकार पार्न पछिल्लो समयमा नेपाल सरकारसँग समेत सहकार्य भएको छ । सरकारबाट केही सहयोग प्राप्त छ तर धेरै सहयोग भने सर्वसाधारणबाटै हुने गरेको जनाइएको छ ।

    अझै पनि व्यवस्थापकीय खर्च ठूलो रहेकाले उद्धार गरी संरक्षण र पालनपोषणमा आर्थिकसँग स्थानको समेत अभाव रहेको जनाइएको छ । स्थान अभाव हुँदा अहिले उद्धार गरिएका व्यक्तिका लागि उचित व्यवस्थापनमा समेत चुनौती खडा भएको छ ।

    अझै धेरै जिल्लामा जान बाँकी रहेकाले सयौँको सङ्ख्यामा मानिस थपिने अवस्था छ । अभियानमा कतिपय स्थानीय तह, प्रदेश सरकारबाट आवश्यक सहयोग र समन्वय भइरहे पनि सक्रिय सहभागितामा केही कमी महसुस भइरहेको अभियानकर्मी बताउँछन् । जनमानसमा समेत राम्ररी चेतना पुग्न नसकेको सर्लाही हरिवनका स्थानीय सुकदेव कार्की बताउनुहुन्छ ।

    पुस ९ गते पूर्व मेचीबाट शुरु भएको अभियानको टोली आज सर्लाही आइपुगेको र त्यसपछि रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन हुँदै पश्चिम लाग्ने छ । टोलीले गोरखा, लम्जुङ, बागलुङ, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुगेर बेसहारालाई उद्धार गर्ने योजना बनाएको छ । त्यसपछि काठमाडौँ उपत्यकामा उद्धार अभियान सञ्चालन गरिने छ ।

    हाल १५ जिल्लामा २२ शाखामार्फत सेवा दिँदै आएको आश्रममा हालसालै उद्धार गरिएका बाहेक एक हजार १०० भन्दा बढीलाई आश्रय दिइरहेको छ । स्थापनापछि अहिलेसम्म एक हजार ५०० लाई परिवारमा मिलन गराइसकेको छ ।

    केही दिनअघि दुई बङ्गलादेशी नागरिकलाई समेत घरमै पुगेर पुनःस्थापित गराएको थियो । सरकारले यसअघि नै कोही पनि एक छाक खान नपाएर भोकै बस्नु नपर्ने, त्यसको व्यवस्थापन सरकारले गर्ने उद्घोष गरिसकेको छ । त्यही योजना साकार पार्न आश्रमसँग सहकार्य हुँदै आएको छ । (रासस)

    बुधबार, पुष १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.