तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चाका शुभचिन्तक प्रेम थापा क्षेत्रीको सम्मानमा बागलुङको काठेखोलामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । काठेखोला–३ धम्जा निवासी थापाको ७८ वर्षको उमेरमा यही पुस ९ गते निधन भएको थियो ।
मंगलबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा र राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँ समिति अध्यक्ष लक्ष्मण पुनले श्रद्धाञ्जली मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार तथा काठेखोला गाउँपालिका उपाध्यक्ष अर्जुन खत्री, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओमबहादुर पुन, अखिल नेपाल भूतपूर्व सैनिक संघका जिल्ला सचिव थिरबहादुर राना, राष्ट्रिय जनमोर्चा काठेखोलाका उपाध्यक्ष पूर्णबहादुर थापा, सचिव टिका संगम विक, कोषाध्यक्ष बिष्णु कँडेल लगायतले श्रद्धाञ्जली दिनु भएको थियो ।
निधन भएका प्रेम थापाका छोरा उमेश थापा राजमो काठेखोला–३ का सचिव हुनुहुन्छ भने छोराहरु मीनबहादुर, मेखबहादुर र मनबहादुर राजमो कार्यकर्ता हुनुहुन्छ ।