बागलुङ । राष्ट्रिय जनमोर्चा निसीखोलाले खिमकुमारी क्षत्रीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।राजमो निसीखोला–४ का सल्लाहकार जितबहादुर क्षेत्रीको श्रीमती ५१ वर्षीया खिमकुमारीको गत मंसिर ३० गते उपचारको क्रममा भरतपुर अस्पताल निधन भएको थियो ।
Advertisement
निधन भएको १३औँ दिनमा आइतबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो । श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सचिवालय सदस्य तथा गण्डकी प्रदेश सांसद खिमविक्रम शाही र अखिल नेपाल शिक्षक संघका यमकान्त पौडेलले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

श्रद्धाञ्जली कार्यक्रम तुलबहादुर पौडेलको अध्यक्षता र पालिका सचिव मिलन हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।