जनकराज पौडेल, पाण्डिचेरी ।
‘अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च’को आयोजनामा पाण्डिचेरीमा सर्वहारा वर्गका महान नेता तथा चिनियाँ जनवादी क्रान्तिका कुशल नेतृत्वकर्ता माओत्सेतुङको १२८औँ जन्मदिवश भब्यरुपमा सम्पन्न भएको छ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली समाज केन्द्रीय सल्लाहकार सदस्य तथा दक्षिण भारतका संगठन ईन्चार्ज कुलबहादुर थापा, केन्द्रीय सचिव तथा नगर अध्यक्ष जनकराज पौडेल, सदस्य भगवति कुवँर, परिषद् सदस्य चन्द्रकान्त शर्मा, महिला विभाग सचिव जमुना शर्माको आथित्यता रहेको थियो ।
विषेश अथिति कुल बहादुर थापाले चीनको परिस्थितिको ठोष विश्लेषण गरि माओले कुशलतापूर्वक क्रान्ती सम्पन्न गरेको बताउनुभयो । राष्ट्रिय स्वाधिनताको रक्षामा जापानी साम्राज्यवादसँग भिषण संर्घष चलेको तथा क्रान्तीकारी पार्टीभित्र पनि दक्षिणपन्थी अवसरवाद र प्रतिक्रान्ती पनि सँगै आएको भन्दै उहाँले त्यसविरुद्ध माओले महान सर्वहारा सांस्कृतिक क्रान्ती सञ्चालन गर्नु परेको स्मरण गराउनु भयो ।
केन्द्रीय सचिव जनकराज पौडेल, भगवति कुवँर, चन्द्रकान्त शर्माले माओत्सेतुङको जीवनी, योगदान र माओको नाम र क्रान्तिकारी आवरण भित्रको अवसरबाद अहिले पनि कम्यूनिष्ट आन्दोलनको महारोग भएको भन्दै त्यो प्रवृति परास्त गर्न सचेत हुनुपर्ने धारणा ब्यक्त गर्नु भएको थियो ।
नेपालको पछिल्लो राजनिति घट्ना बारे वक्ताहरुले धारणा राख्दै केपी ओलीले पार्टीको आन्तारिक कलहको समाधान गर्न असफल भई, संसद विघटन गर्नु अंसवैधानिक, अप्रजातान्त्री कदम भएको विचार ब्यक्त गर्नु भएको थियो । यो घट्नाले प्रतिगामी शक्तिहरुलाई अरु टेवा पुग्दछ भन्दै संसद पुनर्स्थापना र संघीयता खारेजको आन्दोलनसँगै लैजानु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रम सफलताको शुभकामना दिनेहरुमा नगर सचिव गोविन्द शर्मा, जिपमेर एरियाबाट श्रीकृष्ण खनाल, मुदलियरपेट एरियाबाट रवि शर्मा, पशुराम शर्मा, हुनुहुन्थ्यो । नगर उपाअध्यक्ष नरबहादुर केसीको अध्यक्षता र नगर सदस्य विष्णु शर्मा ले सञ्चालन गर्नु भएको कार्यक्रममा नगर सदस्य भद्रबहादुर जिसीले स्वागत गर्नु भएको थियो ।
कोयम्बतुरमा पनि मनाइयो माओ जयन्ती
यता, अन्तर्राष्ट्रिय एकताको लागी नेपाली जनताको मञ्च कोयम्बतुरको आयोजनामा १२८औँ जन्मदिवस मनाइएको छ । लक्ष्मीप्रसाद शर्माको अध्यक्षता तथा नगर सचिव चन्द्रप्रसाद पौडेलको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा मदन शर्माले स्वागत गर्नुभएको थियो ।