काठमाडौं । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीले प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारसँग स्पष्टीकरण लिएका छन् । प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरेले पश्चिम नेपाल डटकमका सम्पादक गोविन्द केसी र पत्रकार गणेश विशुसँग स्पष्टीकरण लिएका हुन् । प्रकाशित समाचारको विषयमा पत्रकारसँग स्पष्टीकरण सोधिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
महासंघका अनुसार नागरिक दैनिकमा २०७७ कात्तिक २८ गते ‘कर्मचारीको ढिलासुस्तीले सेवाग्राहीलाई समस्या’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर अनुसन्धान समिति गठन गरी पत्रकारद्वयसँग स्पष्टीकरण सोधिएको थियो ।
समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचारको बाटो खोजिनु पर्नेमा जिल्लाका जिम्मेवार अधिकारीबाट पत्रकारलाई यस किसिमले स्पष्टीकरण सोधिनु आफैंमा निन्दनीय र हास्यास्पद छ भन्दै महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका कार्य नदोहो¥याउन ध्यानाकर्षण गराएको छ ।

