बागलुङ बजार । बागलुङमा उद्योग वाणिज्य सङ्घले आर्थिक विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न दुई लाख २२ हजार २२२ रुपियाँको अक्षयकोष स्थापना गरेको छ ।
Advertisement
कोषको नाम ‘बागलुङ उद्योग वाणिज्य सङ्घ आर्थिक खोजमूलक पत्रकारिता अक्षयकोष’ दिइएको छ ।
गत वर्ष पुसमा सञ्चालित बागलुङ महोत्सवबाट बचत भएको रकमबाट पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको सङ्घका महासचिव नरेश कँडेलले जानकारी दिए ।
उनका अनुसार पहिलो पुरस्कार यही पुस १७ गते सङ्घको ५७ औँ साधारण सभामा प्रदान गरिने छ । कार्यविधिअनुसार छनोट समितिको सिफारिसमा जिल्लालाई कार्यक्षेत्र बनाएका एक जना पत्रकारलाई पुरस्कृत गरिने सङ्घले जनाएको छ ।