काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश सरकारविरुद्ध ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएका हो ।
प्रदेश संसदमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै तीन मन्त्रीले राजीनाम दिएका छन् । आन्तरिक मामिलामन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन तथा वनमन्त्री अरुणकुमार नेपालले राजीनामा दिएका हुन् ।
वाग्मती प्रदेशसभामा १ सय १० सांसदमध्ये नेकपाका ८० जना छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका ३, राप्रपाका २, नेमकिपा २ र स्वतन्त्र सांसद् १ जना छन् । नेकपाका ८० सांसदमध्ये ओली पक्षका ३४ जना सांसद छन् । दाहाल–नेपाल पक्षका ४६ जना सांसद छन् ।
सांसद संख्याका आधारमा ओली पक्ष र कांग्रेस वा कांग्रेस र दाहाल नेपाल पक्षको सत्ता समिकरण बन्न सक्ने देखिन्छ ।
यो पनि : सातमध्ये पाँचवटा प्रदेश सरकार डगमग, कुन प्रदेशमा कस्तो अवस्था ?