मुकुन्दराज रोका
मैले त बाच्ने आस लगभग मारेको थिएँ
जीवनलाई मृत्युको भागतिर सारेको थिएँ
Advertisement
सोच्छु कतै म मात्र बाचेर अनन्याय गरे कि !
कसैलाई त्यहाँ बचाउन नसकी हारेको थिएँँ
दुनियाले अब सबै चिज भुल्नुपर्छ तैँले भने
मैले दुनियाँलाई हुन्छ भनी मात्र टारेको थिएँ
हेर्नेले मेरो अनुहारमा पीडाको भाव देखेनन् रे !
मैले नदेखाई लुकेर कति आँसु झारेको थिएँ
नभन अझै कति सम्झिरहन्छस् कसैले त बुझ,
सम्झिने मन नसम्झने गरी कहाँ बारेको थिए ?