दाङ । दाङको तुलसीपुर–३ राम्रीका कतारमा मृत्यु भएका लोक बहादुर खड्काको परिवारलाई नेपाली एकता समाजले सहयो गरेको छ । व्यवारीसे अवस्थामा मृत फेला परेका खड्काको परिवारलाई कतार नेपाली एकता समाजका केन्द्रीय सदस्य सदस्यद्वय कमल आचार्य र वलदेब रानाको अगुवाइमा रकम संकलन गरि सो रकम हस्तान्तरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका मृतककी ८१ बर्षीया आमालाई २६ हजार र दुई साना बालकहरुको पढाईको लागि भनेर ७० हजार हस्तान्तरण गरिएको छ । बच्चाहरुलाई पढ्कोलागि भनेर दिएको ७० हजार भने उनिहरुको नाममा बैंक खातामा राखीएको छ ।

राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले उक्त कामको सहजीकरण गर्नु भएको थियोे । रकम सहयोग गर्नेहरुमा खिमबहादुर कुमाल, डोलबहादुर कुमाल, प्रकाश कुमाल, तिलबहादुर कुमाल,कृष्ण बहादुर घर्ती , बेल बहादुर गिरी, वसन्त थापा, रामप्रसाद खनाल, धनबहादुर तामाङ , सोभबहादुर कुमाल, केशव भण्डारी , भिमबहादुर नेपाली , भुपेन्द्र ढकाल , पुर्नभन्द्र गौतम , सेसकान्त आचार्य , हरमोनिया मोची, नरबहादुर तामाङ, नवीन लिम्बू, भरत तामाङ , पलिश खत्री र नयाराम चौधरी रहनु भएको छ ।
