धर्मराज शर्मा, कोट्टयाम (केरला) ।
राष्ट्रिय जनमोर्चाको आयोजनामा सञ्चालित ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको बिरुद्व संघर्ष गरौं’ भन्ने मूल नारासहितको संघर्षको कार्यक्रमलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले ऐक्यवद्धता प्रकट गरेको छ ।
मूल प्रवाह नगर समितिका शेरबहादुर बिकको अध्यक्षता र खुमादेवी शर्माको सञ्चालनबाट अगाडि बढेको ऐक्यवद्धता शभामा समाजका केन्द्रीय सदस्य चोबनाथ शर्माको प्रमुख आतित्थ्यता रहेको थियो ।
क्षेत्रीय समितिका भद्रबहादुर थापा, सल्लाहकार तथा नगर समितिका अध्यक्ष धर्मराज शर्मा, नगर महिला विभागकी धनकुमारी केसी, रक्तिम साँस्कृतिक परिवारका ईन्चार्ज टिकाराम सुवेदी लगायत नेताहरुको आथित्यता रहेको थियो । कार्यक्रममा एकराज पौडेलले स्वागत गर्नुभएको थियो ।
क्षेत्रीय समितिका भद्रबहादुर थापा, चोबनाथ शर्मा, क्षेत्रीय सल्लाहकार तथा नगर अध्यक्ष धर्मराज शर्मा, नगर समितिका कृष्णप्रसाद शर्मा, मनोज जिसि, हरिप्रसाद पौडेल, महिला विभागकी बालिकादेवी शर्मा, धनकुमारी केसी, लक्ष्मी पौडेल लगायतले मन्तव्य दिनुभएको थियो ।