खुम रायमाझी, कुवेत ।
कुवेतस्थित नेपाली राजदूतावासका श्रम सहचारी विपना ज्ञवालीको स्मरणमा आज (पुष ५ गते) नेपाली राजदूतावास, कुवेतमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।
Advertisement
कार्यक्रममा स्वर्गीय ज्ञवालीको सम्झनामा एक मिनेट मौनधारण गरिनुका साथै उहाँको तस्विरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरियो ।

सो क्रममा कुवेतका लागि नेपाली राजदूत नाम दुर्गाप्रसाद भण्डारीले यस दुःखद घडिमा शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गर्नुभएको थियो ।
नेपाली राजदूतावास कुवेतकी श्रमसहचारी विपना ज्ञवालीको गत शुक्रवार रक्त क्यान्सरका कारण मृत्यु भएको थियो । ज्ञवालीको पार्थिव शरीर आज (आइतबार) नेपाल ल्याइएको छ ।

