काठमाडौं । चोरी आरोपमा पक्राउ परेकी गण्डकी प्रदेशकी सांसद दीपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती दिक्छेन ५० हजार रुपैयाँ धरौटीमा छुटेकी छन् ।
Advertisement
जिल्ला अदालत कास्कीले शुक्रबार ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएलगत्तै उनी धरौटी रकम बुझाएर रिहा भएको प्रहरीले जनाएको छ ।
सांसद मनाङेकी श्रीमती दिक्छेन गत मंसिर १० गते चोरीको अभियोगमा पक्राउ परेकी थिइन् । बहुमुल्य धातुको मूर्ति चोरेको आरोप मकवानपुरबाट पक्राउ परेकी उनलाई कास्की लगिएको थियो ।
पछिल्लो समय मनाङेसँग उनको सम्बन्धमा खटपट रहेको बताइएको छ । पक्राउ पर्दा उनी माइतीमै बस्दै आएकी थिइन् ।

